भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवार र सभामुखको भेट

सर्लाही । सभामुख डीपी अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार, आफन्त तथा घाइतेहरुसँग भेटघाट गरेका छन् ।

सोमबार सर्लाही पुगेर दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेहरुसँग भेट गरी उनीहरुको अवस्था र समस्याबारे जानकारी लिएका हुन् ।

भेटघाटका क्रममा सभामुख अर्यालले दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेहरुलाई राज्यका तर्फबाट उचित राहत, सहयोग र उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.