३८६ वर्षदेखि चलिरहेको कार्तिक नाच सुरु

काठमाडौं । ललितपुरको पाटनमा ऐतिहासिक कार्तिक नाच शुक्रबार रातीबाट सुरु भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा कार्तिक नाच सुरु भएको हो ।

३ सय ८६ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिकमा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ ।

नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसारका नाच देखाइन्छ । नेपाल संवत् ७६१ अर्थात् वि.सं.१६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ ।

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो ।

सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुराएको संस्कृतिविद्को भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.