काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बन्यो

काठमाडौं । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ ।

वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको हो ।

आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ ।

सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । लाहोरको वायु गुणस्तर सूचकांक ३२५ रहेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशको ढाकाको २५६ रहेको छ ।

त्यस्तै, भारतको दिल्ली १८२ एक्यूआईसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ सहित छैटौँ स्थानमा छन् ।

आईक्यूएयरको तथ्यांकअनुसार काठमाडौंको वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको देखिएको छ ।

यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरु बढी जोखिममा पर्न सक्छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.