लोडसेडिङ रोक्न भारतबाट ११५४ मेगावाट बिजुली आयातको तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुख्खा सिजनमा लोडसेडिङ हुन नदिन भारतबाट बिजुली आयात बढाउने तयारी गरेको छ ।

नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले माग–आपूर्ति सन्तुलनका लागि कुल ११५४ मेगावाट भारतबाट आयात गरिने योजना रहेको जानकारी दिए ।

ढल्केबर मुजफ्फरपुर ६०० मेगावाट, टनकपुर महेन्द्रनगर(५४ मेगावाट बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट, आरटिस को माध्यमबाट १५० मेगावाट बिजुली आयात गरिने योजना प्राधिकरणको छ।

अघिल्लो वर्षको सुख्खा सिजनमा पनि पिक आवरणमा ८०० मेगावाट सम्म बिजुली आयात गरिएको उनले बताए । सुख्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता १२१८ मेगावाट रहेको छ ।

जस अनुसार कुल विद्युत उपलब्धता २३७२ मेगावाट हुने अनुमान गरिएको छ । अघिल्लो वर्षको सुख्खायामको उच्चतम राष्ट्रिय विद्युत माग २२९२ रहेको थियो । यो वर्ष पनि माग खासै नबढेको र अघिल्लो वर्षको हाराहारीमा हुने उनको भनाइ छ ।

पछिल्लो असोजको बाढी पहिरोले ३१७ मेगावाट बिजुली प्रणाली बाहिर छ । भदौ १० गतेको भोटेकोशी र त्रिशूली नदीमा बढीले अतिरिक्त ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिर छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.