कांग्रेस महामन्त्रीमा मकवानपुरकी नेतृ ‘डिना’ पराजित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत् महामन्त्रीमा मकवानपुरकी कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ पराजित भएकी छन् । उन यसअघि पार्टीको सहमहामन्त्री थिइन् ।

महामन्त्रीको तीन पदमध्यृ महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भएकी छन् । उनका अन्य प्रतिस्पर्धी डिनाले २ हजार ८६४ पाइन् । अर्की महामन्त्रीकै प्रतिस्पर्धी मकवानपुरकी रीता खनालले ८०४ मत प्राप्त गरिन् ।

यसैगरी, खुलातर्फको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशम्शेर निर्वाचित भएका छन् । पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत पाउँदै विजयी भएका हुन् ।

खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन् ।

उपसभापति पदमा भने चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.