रुपन्देही । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् ।
श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता प्रतितसिंह राठोरले युवतीले बाँकेको बैजनाथ गाउँपालिका–२ बस्ने ३२ वर्षीय पुरुषलाई पूर्वयोजना बनाई माया–प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेको बताए ।
त्यसपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की दिई पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उक्त घटनालाई ‘हनी ट्रयापु मार्फत आपराधिक लाभ लिने कार्यका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । केही समयदेखि फरार रहेकी श्रेष्ठलाई गत असोज ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको हो ।







