काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश सरकारका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरुसँग साढे २ घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्रीले धैर्यतापूवर्क आफूहरूका कुरा सुनेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
‘छलफल दुई घण्टा भनिएको थियो । प्रधानमन्त्रीले त्यो भन्दा पनि बढी समय धैर्यतापूर्वक हाम्रा कुरा सुन्नुभयो,’ मुख्यमन्त्री बानियाँले भने ।
उनका अनुसार मुख्यमन्त्रीहरुको कुरा सुनेपछि प्रधानमन्त्री बालेनले संक्षेपमा आफ्नो कुरा राखेका थिए । उनले नागरिकका अपेक्षा पूरा गर्ने गरी संघ र प्रदेश सरकारहरुले काम गर्न आवश्यक रहेको बताएका थिए ।
प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलमा बोलाएका थिए । तर, कोशी र सुदूरपश्चिमबाहेकका मुख्यमन्त्री छलफलमा सहभागी रहे ।







