इनम प्रकरणले सर्वोच्चमा तरंग, फुलकोर्ट बैठक बोलाइयो

काठमाडौं । शुक्रबार बिहान सर्वोच्च अदालतको फुलकोर्ट बैठक बस्न लागेको छ । फूलकोर्ट बैठकका लागि सबै न्यायाधीशहरूलाई खबर गरिएको छ ।

विवादित इनम सापकोटासँग विभिन्न माध्यमबाट न्यायाधीशहरूको संवाद भएको सार्वजनिक भएपछि फुलकोर्ट बैठक बस्न लागेको हो ।

भोलि बिहान बस्ने बैठकमा उक्त विषयमा छलफल हुने बताइएको छ । इमान सापकोटासँग अदालतका चार जना न्यायाधीशसँग सम्पर्क भएको खुलेको छ ।

न्यायाधीश हरि फुयाँलसँग मुद्दाको विषयमा कुराकानी गर्दै छलफल भएको संवाद सार्वजनिक भएको थियो । उक्त संवादले सर्वोच्च अदालतका न्यायाधीशहरूबीच हंगामा भइरहेको छ ।

न्यायाधीश फुयाँल मात्र होइन, प्रधानन्यायाधीश मनोज शर्माको नाम पनि मुछिएको थियो । त्यसैले, सर्वोच्च अदालतभित्र बिहीबार सन्नाटा छाएको पनि बताइएको छ । शर्माले भने विज्ञप्ति निकालेर सापकोटासँग संवाद नभएको दाबी गरेका छन् ।

तर, फुयाँलले भने सापकोटासँग संवाद भएको तर मुद्दाको विषयमा छलफल नभएको दाबी गरेका छन् । उनीसँग मुद्दाको विषयमा छलफल नभएको र त्यसअनुसार आदेश नभएको दाबी पनि गरेका छन् ।

अदालतको खाजा समयपछि केही सञ्चारकर्मीहरूसँग फुयाँलले सापकोटासँग भएको छलफल र भेटघाटको विस्तृत विवरण सुनाएका थिए ।

सापकोटासँग भएका संवादहरू सार्वजनिक भएपछि फुयाँलले आफ्नो बचाउमा घटनाक्रमहरूको विस्तार लगाएका थिए । रास्वपाका सासदहरूले महाभियोग लगाउने चर्चापछि सापकोटा आफ्नो सम्पर्कमा आएको फुयाँलले दाबी गरेका थिए ।

विभिन्न शक्ति केन्द्र मात्र होइन, विदेशी शक्ति केन्द्रको समेत नाम लिएर सापकोटा आएको फुयाँलको दाबी छ ।

अदालत मात्र होइन, सरकार र सत्तारुढ दलभित्र नै हंगामा हुने गरी इनम सापकोटा र फुयाँल संवाद प्रकरण सार्वजनिक भएपछि अदालतभित्र सन्नाटा नै छाएको सर्वोच्चका अधिकारीहरूले उल्लेख गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.