पूर्वराजा वीरेन्द्रका परिवारको सम्पत्ति खोज्दै सरकार

काठमाडौं । सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरुको परिवारको नाममा रहेको चल–अचल सम्पत्ति खोज्दैछ ।

यस निम्ति संघीय सरकारले सबै स्थानीय तहमा पत्राचार गरेको छ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै गाउँपालिका र नगरपालिकामा पत्र लेखेर चल–अचल सम्पत्ति खोजबिनमा सहजीकरण गरिदिन अनुरोध गरेको छ ।

‘नेपाल ट्रष्ट ऐन, नेपाल ट्रष्ट नियमावली २०६४ तथा सम्पत्ति खोजबिन कार्याविधि २०६७ वमोजिम पूर्व राजा बीरेन्द्र, रानी ऐश्वर्य तथा निजहरुको परिवारको नाममा रहेको वा निजहरुको हक, स्वामित्व वा भोगाधिकार कायम हुन सक्ने नेपाल भित्र रहेको चल तथा अचल सम्पत्ति सम्बन्धी खोजबिन तथा अभिलेखिकरण प्रयोजनार्थ’ पत्र लेखिएको उल्लेख छ ।

यो विषयमा नेपाल ट्रष्टको कार्यालय कमलादीले यही कातिक ९ गते छलफल गरेर सहजिकरणका लागि भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको थियो ।

त्यसआधारमा संघीय मामिला मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थीले सबै स्थानीय तहमा पत्र लेखेर पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको जग्गा धनी प्रमाणपूर्जा, जग्गाधनी दर्ता श्रेस्ता, फिल्डबुक वा सोसँग सम्बन्धित विवरणरकागजात नेपाल ट्रष्टको कार्यालयमा पठाइदिन भनेका हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.