१६ परिवार रहेको मकवानपुरको ज्यामिरे बस्तीमा जमिन चिराचिरा

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरे बस्तीमा जमिन चिराचिरा परेको छ ।

प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिराचिरा परेपछि एक दर्जनभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

भिरालो सतहका बस्तीमा जमिन चिराचिरा परेपछि १५र१६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको मकवानपुर प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि जमिन गलेका कारण सो बस्तीको जमिन चिराचिरा परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.