मकवानपुरगढी गाउँपालिकाद्वारा बेरोजगार सूचीकरणका लागि आवेदन आह्वान

मक्राञ्चुली । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि न्यूनतम रोजगारी तथा रोजगार प्रवद्र्धन कार्यक्रममा संलग्न हुन इच्छुक बेरोजगार व्यक्तिहरुका लागि आवेदन आह्वान गरेको छ ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै अति गरिब परिवारलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो । रोजगारीको हक सम्बन्धी ऐन २०७५ र राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम निर्देशिका २०८२ बमोजिम गाउँपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा यो कार्यक्रम अघि बढाइएको हो । गाउँपालिकाका अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिहरुले यस कार्यक्रमका लागि आवेदन दिन सक्नेछन् ।

विशेष गरी आर्थिक रुपमा अति विपन्न र गरिब परिवारका सदस्यहरुलाई प्राथमिकता दिँदै उनीहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने उद्देश्य गाउँपालिकाले राखेको छ । इच्छुक व्यक्तिहरुले आगामी २०८२ साल चैत्र मसान्तभित्र आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमार्फत आवेदन दिनुपर्नेछ । वडा कार्यालयमा उपलब्ध हुने ‘बेरोजगार आवेदन फारम’ भरी बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुनुपर्ने रोजगार संयोजक कविराज हुमागाईंले जानकारी दिए ।

उनका अनुसार आवेदनका लागि दिनका लागि नागरिकता, विवाहित महिलाको हकमा विवाह दर्ता र अन्य जिल्लाको नागरिकता भएमा बसाईसराई दर्ताको प्रतिलिपि एक(एक प्रति कागजात आवश्यक पर्नेछ । फारम भरेका व्यक्तिहरूमध्ये ‘रोजगार व्यवस्थापन सूचना प्रणाली’ मार्फत प्राथमिकताको सूची तयार पारिनेछ ।

जसमा अति न्यून आय भएका व्यक्तिहरूलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने न्यूनतम रोजगारी तथा रोजगार प्रवद्र्धन कार्यक्रमहरूमा प्राथमिकताका साथ संलग्न गराइने प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछानेले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.