होटल वर्गीकरणमा नयाँ मापदण्ड बन्दै

काठमाडौं । नेपालका होटलहरुको वगीकरणमा अब नयाँ मापदण्ड बन्ने भएको छ । अहिले २०७६ सालको मापदण्ड कार्यान्वयनमा छ। पर्यटन विभागका अनुसार सो मापदण्डमा समयानुकूल परिमार्जनको तयारी छ ।

सोहीकरणमा विभागले सरोकारवालासँग राय–सुझाव माग गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै मौजुदा मापदण्ड २०७६ मा सुधार गर्नुपर्ने पक्ष, ग्रिन हस्पिटालिटीका लागि आवश्यक सूचक र होटलको भौतिक पूर्वाधार तथा सेवाको गुणस्तर वर्गीकरणबारे समेत सुझाव मागिएको छ ।

वर्तमान विश्व पर्यटन बजारमा बढ्दो वातावरणीय सचेतना र दिगो विकासको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले ग्रीन हस्पिटालिटीका आधारमा नयाँ मापदण्ड बनाउन लागेको विभागको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.