राष्ट्रिय महिला भलिबलको फाइनलमा न्यु डाइमण्ड, भोलि उपाधि भिडन्त

हेटौंडा । हेटौंडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा काठमाडौँको न्यू डाइमण्ड स्पोर्ट्स क्लब प्रवेश गरेको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१०, स्थित चौरमा जारी दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा भएको राष्ट्रिय महिला भलिबल प्रतियोगताको सेमिफाइनल खेलमा मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै काठमाडौंको न्यु डाइमण्ड स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको हो ।

शनिबार भएको आफ्नो पहिलो सेमीफाइनलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई २५–१०,२५–१४ र २५–१८ को सेटले पराजित गरेको हो । यस्तै, लुम्बिनी प्रदेशको स्टेप भलिबल क्लब पाल्पा र बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मिति प्रतिष्ठानबीचको सेमीफाइनल खेल वर्षाको कार्यालय प्रभावित बनेको छ ।

उक्त खेल भोलि बिहान ८ बजे हुने र फाइनल खेल दिउसो १ बजे हुने आयोजक समितिका नरेन्द्र मोक्तानले जानकारी दिएका छन् । समूह चरणको दुई खेल खेलेको न्यु डाइमण्ड क्लबले समूह ए बाट विजेता बन्दै सेमीफाइनलको यात्रा पुरा गरेको थियो भने समूह चरणको २ खेल खेलेको जनशक्ति युवा क्लबले समूह बी बाट उपविजेता सेमिफाइनलको यात्रा पूरा गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत तर्फका खेलाडीहरुलाई ट्रफि, मेडल, प्रमाण पत्र र नगद प्रदान गरिने छ । प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमहरुको सहभागिता रहेको छ ।

मकवानपुर जिल्ला भलिबल सङ्घ र केशव लाल श्रेष्ठ स्मृती प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमको सहभागिता रहेको थियो । बुधबारदेखि शुक्रबारसम्म भने पहिलो संस्करणको खुल्ला आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.