बागमतीमा कांग्रेस–एमालेलाई प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत

काठमाडौं । बागमती प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( ले प्रत्यक्षतर्फका उम्मेदवारले पाएको भन्दा समानुपातिक तर्फ धेरै मत पाएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार रास्वपाले बागमती प्रदेशबाट समानुपातिकतर्फ ११ लाख १९ हजार २७० मत पाएको छ । यो प्रदेशमा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

३३ वटै क्षेत्रमा रास्वपाले उम्मेदवार उठाएको थियो । त्यसमध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवारले चुनाव जिते । दुई क्षेत्रमा पराजित हुन पुगे । रास्वपाबाट उम्मेदवार रहेका सबैले पाएको मत जोड्दा ९ लाख ६० हजार ३११ हुन्छ । यो समानुपातिक तर्फको मत भन्दा कम हो ।

बागमती प्रदेशमा रास्वपाले समानुपातिकतर्फ भन्दा प्रत्यक्षमा कम मत पाउँदा नेपाली कांग्रेस र नेकपा एमालेको अवस्था ठीक उल्टो छ ।

बागमती प्रदेश

कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारहरूले पाएको कुल मत ३ लाख ६७ हजार ४९१ छ । यो प्रदेशबाट कांग्रेसले समानुपातिकतर्फ पाएको मत भने ३ लाख २१ हजार १०६ छ ।

एमालेको अवस्था पनि कांग्रेसको जस्तै छ । एमालेका उम्मेदवारहरूले पाएको मत जोड्दा ४ लाख ८८ हजार ८६३ पुग्छ । तर, एमालेले यो प्रदेशबाट समानुपातिक तर्फ भने २ लाख ६१ हजार ८९७ मत पाएको छ ।

बागमती प्रदेशबाट नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ १ लाख ८८ हजार १८२ मत पाएको छ भने राप्रपाले समानुपातिकतर्फ ७६ हजार ५२१ र श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३१ हजार ४९३ मत पाएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.