हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार रहेका नेकपा एमालेका रामेश्वर राना मत माग्न घरदैलामा व्यस्त छन् ।
हेटौंडा उपमहानगरपालिकाको १५ नम्बर वडा पुगेका रानालाई त्याहाँका मतदाताले जिताएर पठाउने विश्वास दिलाएका छन् । मकवानपुरको निष्ठावान, इमान्दार राजनीतिज्ञका रुपमा चर्चा गर्दै मतदाताहरुले रानाको जित यस क्षेत्रको आवश्यकता रहेको पनि औंल्याए ।
उम्मेदवार रानाले १५ नम्बर वडाका स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै विकास, समृद्धि र स्थायित्वका मुद्दा प्रस्तुत गरेका थिए । मतदाताले नेकपा एमालेले सालिन, भद्र र जनताको हरेक दुःख–सुखमा साथ दिने होनहार उम्मेदवार अघि सारेको भन्दै खुसी व्यक्त गरेका छन ।
एमालेले अघि सारेका विकास निर्माणका काम, पूर्वाधार विस्तार, सामाजिक सुरक्षा कार्यक्रम तथा आर्थिक समृद्धिको स्पष्ट मार्गचित्रलाई आधार मानेर मतदान गर्ने उनीहरुले विश्वास दिलाएका थिए ।
प्रत्यक्ष मतदाता भेटघाट कार्यक्रममा स्थानीय अगुवाहरुले भावनामा नभई विकास र परीणाममा आधारित निर्णय गर्न वडाबासीलाई आग्रह पनि गरे । एमालेले देखाएको सुखी नेपाली समृद्ध नेपालको मार्गचित्रलाई साकार पार्न सूर्य चिन्हमा मतदान आवश्यक छ उनीहरूको भनाइ छ ।







