मकवानपुरमा जिपबाट ४३८ केजी गाँजा बरामद, २ जना पक्राउ

हेटौंडा । मकवानपुरको भीमफेदी गाँउपालिका–२ चुनियास्थित त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ठूलो परिमाणको गाँजासहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१० का २७ वर्षीय रामबहादुर मोक्तान र १९ वर्षीय अनिल थिङ रहेका छन् । त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ४३८ केजी लागुऔषध गाँजा सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले लु१ च २१५२ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.