मकवानपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता बस्ने अन्दाजी ४० वर्षीय रमेश पाख्रिन आफ्नै ३५ वर्षीया श्रीमती रुकु पाख्रिनको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

गत मंसिर ११ गते राति अन्दाजी ९ बजे श्रीमान्–श्रीमतीबीच झैझगडा भएको स्थानीयमार्फत जानकारी प्राप्त भएको थियो । मादक पदार्थ सेवन गरेका रमेशले श्रीमती रुकुलाई कुटपिट गर्दा उनी अचेत भएकी थिइन् ।

मंसिर १२ गते बिहान अन्दाजी साढे १० बजे घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल, मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनास्थलमा पुगेर बुझ्दा रुकु घरभित्र सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गर्ने कार्य गरेको थियो । घटनामा संलग्न श्रीमान् रमेशलाई पक्राउ गरिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.