नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाको राजनितीक जीवन २०५३ सालबाट सुरु भएको हो ।
मकवानपुरको कालिका मावि नामटारमा कक्षा ७ मा अध्ययन गर्दै गर्दा उनी अनेरास्ववियुको प्रारम्भीक कमिटिको अध्यक्ष बने । अखिलको ईलाका, क्षेत्रीय कमिटि हुँदै उनी २०६० र २०६३ मा दुई कार्यकाल अनेरास्ववियुको जिल्ला अध्यक्ष भए । उच्च शिक्षाका लागि मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा २०६० सालमा स्ववियु सदस्य बने । २०६२ र २०६५ सालमा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति भए । २०६५ सालमा अनेरास्ववीयुको केन्द्रीय सदस्य हुँदै अनेरास्ववियुको केन्द्रीय सचिब, उपाध्यक्ष र कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर समेत उनले पाए । उनी स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको राष्ट्रिय अध्यक्ष बन्न सफल भए । २०६३ सालबाट महेश बर्तौलाले विद्यार्थी राजनीतिका अलवा पार्टीको भूगोलमा रहेर समेत काम गर्न थाले । २०६३ मा उनी नेकपा एमालेको जिल्ला कमिटि सदस्य निर्वाचित भए ।
माओवादी सशस्त्र युद्धका बेला उनले मकवानपुरको विकट भुगोल नामटार कालिकाटार र भार्ताको ईन्चार्जको जिम्मेवारी बहन गरे । २०७६ /०७७ मा नेकपा एमालेको वागमती प्रदेश कमिटि सदस्य हुँदै उपमहासचिवको भूमिकामा उनी सक्रिय रहे । एमाले र माओवादी एकता हुँदा उनी नेकपाको केन्द्रीय सदस्य बन्न सफल भए । २०८० मा एमालेको मनोनित केन्द्रीय सदस्य र २०८२ को ११ औँ महाधिबेशनबाट उनी निर्वाचित केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । उनको राजनितीक यात्रा प्रगतिको पथमा निरन्तर छ । २०७९ को निर्वाचनमा प्रभावशाली नेता राजनीतिका गुरु बिरोध खतिवडालाई पराजित गर्दै उनी प्रतिनिधी सभा सदस्य निर्वाचित भए । ४२ बर्षको युवा उमेरमा राजनीतिक सफलतासंगै उनले आफुलाई शैक्षिक हिसाबले समेत अब्बल बनाएका छन् ।
ब्यवस्थापन शंकाय र राजनीतीशास्त्रमा स्नकोत्तर (एमए) सम्मको अध्ययन गरेका बर्तौला बिधीशास्त्रका समेत बिद्यार्थी हुन् । उनले एलएलबी उतीर्ण गरेका छन् । मकवानपुरको क्षेत्र नम्बर २ बाट पहिलोपटक प्रतिनिधी सभा सदस्यका रुपमा सदन छिरेका बर्तौलाले एमालेको सचेतक, मुख्य सचेतक हुँदै सरकारको प्रमुख सचेतकको जिम्मेवारी बहन गर्ने अवसर पाए । संसदमा कानून न्याय तथा मानब अधिकार समिती सदस्य, प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त समितिको सदस्य र संसदीय समितिमा सदस्यका रुपमा उनको भूमिका रह्यो । संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका पुगे । संसदीय मामिला अध्ययनका लागि बेलायत पुगेका बर्तौला राजनीतिमा आफुलाई अनुभवले समेत अब्बल बनाएका छन् । स्विजरल्याण्डको जेनेभामा (ईन्टर पार्लियामेन्ट युनियन आई पि यु) को सभामा समेत उनले सहभागीता जनाएका छन् । चीन, भारत लगायतका देश पुगेर उनले विकास र राजनीतीको अन्तर्राष्ट्रिय ज्ञान हासिल गरेका छन् । उनी २०८२ को प्रतिनिधी सभा सदस्यको निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट दोस्रोपटक प्रतिस्पर्धामा छन् ।

