अख्तियार हेटौंडामा एक वर्षमा २ हजार ७७८ उजुरी परे

हेटौंडा । अख्तियार अनुसन्धान दुरुपयोग आयोगको कार्यालय हेटौंडामा आर्थिक वर्ष २०८२र८३ मा २७७८ वटा उजुरी परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै स्थानीय तहसम्बन्धी छन् ।

अख्तियार कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सोमबार बुझाएको आव २०८२र०८३ को प्रतिवेदनमा हेटौंडा कार्यालयमा परेको उजुरीहरुमध्ये ४७.३० प्रतिशत उजुरी स्थानीय तहसम्बन्धी छन् ।

ती उजुरीहरुमध्ये ४७.३० प्रतिशत स्थानीय तहसम्बन्धी छन् । अख्तियार हेटौंडा कार्यालयका प्रमुख पवनकुमार तिमिल्सेनाले प्रदेश प्रमुख देवकोटा समक्ष बुझाएको प्रतिवेदनमा आयोगको हेटौंडा कार्यालयमा अघिल्लो आवको जिम्मेवारी सरेर आएकोसमेत गरी २ हजार ७७८ उजुरी परेका थिए ।

ती उजुरीहरुमध्ये एक हजार ७६७ अर्थात ६४।७७ प्रतिशत उजुरी फर्स्यौट गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा स्थानीय तहमा सबैभन्दा धेरै उजुरी परेको पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका रहेको छ । उक्त पालिकासम्बन्धी २४५ वटा उजुरी परेको थियो ।

त्यसपछि बाराको जितपुरसिमरा उपमहानगरपालिका सम्बन्धी १६९ वटा उजुरी परेको थियो भने वीरगन्ज महानगरपालिकासम्बन्धी १५२ वटा उजुरी परेको थियो ।

हेटौंडा उपमहानगरपालिका–१ स्थित कार्यालय रहेको अख्तियार अनुसन्धान दुरुपयोग आयोगको बागमती प्रदेशका ५ र मधेश प्रदेशका ३ गरी ८ वटा जिल्ला कार्यक्षेत्र रहेका छन् । आयोगले हेर्ने जिल्लाहरु बागमतीको मकवानपुर, चितवन, धादिङ, सिन्धुपाल्चोक, दोलखा तथा मधेशको बारा,पर्सा र रौतहट हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.