पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग माग्यो एक अर्ब

हेटौंडा । बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माणका लागि नेपाल सरकारसँग एक अर्ब रुपैयाँ अनुदान माग गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र क्षति पुगेका भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग उक्त रकम माग गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले भोटेकोशी बाढीका कारण प्रदेशभित्रका क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि एक अर्ब रुपैयाँ अनुदान माग गर्ने निर्णय गरेको जानकारी दिए ।

यसैगरी बैठकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा सिमाना हेरफेरको सम्बन्धमा पनि निर्णय गरेको छ । बलेफी गाउँपालिकाबाट आएको यो पुलपिङ डाँडा (पहिलेको गाविसको साबिक ८ र ५, हाल बलेफीको ४) र केही भाग र वडा नं ५ को केही भाग मिलाएर नयाँ थप एक वडा कायम गर्न माग भई आएकोमा प्रदेशले नेपाल सरकारमा पठाउने निर्णय गरेको मन्त्री केसीले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.