हेटौंडा । अविरल वर्षाका कारण पहिरो खस्दा मकवानपुरमा दुई घरमा क्षति पुगेको छ ।
आज बिहान करिब ४ बजेको समयमा मकवानपुरगढी गाउँपालिका–५ स्कुलडाँडामा पहिरो खस्दा राममाया थिङ र मानबहादुर घ्याबाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पहिरोको जोखिममा रहेका ती दुई घरमा मानिसको बसोबार नरहेकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यसैगरी, अविरल वर्षापछि खसेको पहिरोले मकवानपुरको हेटौंडामा रहेको बुद्धपार्कमा क्षति पुगेको छ ।
आइतबार बिहान करिब ९ बजेको समयमा पहिरो खस्दा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित राप्ती नदी छेउको बुद्धपार्कमा क्षति पुगेको हो ।
प्रहरीका अनुसार थानाभर्याङ राप्ती छेउबाट पाथिभारा मन्दिर जानेभित्री बाटो समेत जोखिममा रहेको छ ।







