राप्रपा बागमतीका चार सांसदलाई पदमुक्त नगर्ने प्रदेशसभाको निर्णय

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कारबाही गरी प्रदेशसभा सदस्य पदबाट हटाउन सिफारिस गरिएका बागमती प्रदेशसभाका चार सदस्यलाई पदमुक्त नगर्ने निर्णय भएको छ ।

उपसभामुख (कार्यबाहक सभामुख) अप्सरा चापागाईंले आज बुधवार राप्रपाका प्रदेशसभा सदस्यहरु उद्धव थापासहित राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त नगर्ने निर्णय गरेकी हुन् । विष्ट, तामाङ र प्रजापति प्रदेश सरकारमा मन्त्री छन् ।

राप्रपा केन्द्रीय कार्यालयले निर्देशनविपरीत प्रदेश सरकार गठनमा सहभागी भएको भन्दै दलका नेता थापासहित चार जनालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई गत ८ भदौ पत्र पठाएको थियो ।

सोहि पत्रमाथि आवश्यक प्रक्रिया अघि बढाउने क्रममा उपसभामुख चापागाईंले उनीहरुलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त नहुने भनि निर्णय गरेको प्रदेशसभा सचिवालयका प्रवक्ता कानुन उपसचिव प्रकाश चापागाईंले जानकारी दिए ।

उनले कारबाहीको पत्र प्राप्त हुँदैमा प्रदेशसभा सदस्य पद स्वतस् रिक्त हुने नभई त्यसका लागि कानुनले तोकेको आधार, कारण र प्रक्रिया पूरा भएको हुनुपर्ने बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.