हेटौंडाका स्वास्थ्यकर्मीलाई कण्डम साक्षरता कार्यक्रम

हेटौंडा । हरेक अंग्रेजी वर्ष फेब्रुअरी १३ मा अन्तर्राष्ट्रिय कन्डम दिवस मनाउने गरिएको छ । सोहि दिबसको अबसरमा हेटौंडामा कण्डम साक्षरता कार्यक्रमको आयोजना गरिएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल (मकवानपुर एआरटी/एएचएफ नेपाल सेन्टर)ले हेटौंडा उपमहानगरपालिकाको समन्वयमा कण्डम साक्षारता कार्यक्रम गरेको छ । हेटौंडा नगरभित्रका विद्यालय नर्स र अस्पतालमा कार्यरत् नर्सहरुलाई साक्षरता प्रदान गरिएको थियो ।

हेटौंडा अस्पतालका निमिक्त निर्देशक डाक्टर हरि बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्वस्थ्य संस्थामा कार्यरत ४० भन्दा बढी नर्सको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डाक्टर खड्का, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत सुर्य तिवारी, हेटौंडा अस्पतालकी नर्स अधिकृत भेने कुमारी न्यौपाने, हेटौंडा उपमहानगरकी अस्मिता भण्डारी लगायतले प्रभावकारी तरिकाले कण्डम प्रयोगबारे महत्वपूर्ण प्रस्तुतिकरण तथा सहजीकरण गरेका थिए ।

विश्वव्यापी रुपमा बढ्दै गएको एचआईभी र अन्य यौनजन्य संक्रमण रोक्न लागि कण्डम अझै पनि सबैभन्दा प्रभावकारी र कम खर्चिलो माध्यम हो । यही कुरालाई जनस्तरमा पुर्याउने लक्ष्य सहित साक्षार कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।

आयोजकका अनुसार यस कार्यक्रमको मुख्य लक्ष्य सुरक्षित यौन व्यवहारको प्रवद्र्धन गर्नु, कण्डमको सही प्रयोगबारे जानकारी दिनु तथा यौन स्वास्थ्यसम्बन्धी खुला संवादलाई प्रोत्साहन गर्नु हो ।

कण्डक दिवसको सुरुवात सन् २००८ मा एड्स हेल्थकेयर फाउन्डेशनले गरेको थियो । विश्वभर एचआईभी संक्रमणको जोखिम उच्च रहेको अवस्थालाई ध्यानमा राख्दै, विशेष गरी युवापुस्तामा सुरक्षित यौन व्यवहारको सन्देश फैलाउन यो अभियान सुरु गरिएको थियो ।

फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे को अघिल्लो दिन (फेब्रुअरी १३) कण्डम दिवस मनाउने निर्णय गरिएको थियो । ताकि प्रेम र सम्बन्धसँगै जिम्मेवार र सुरक्षित व्यवहारको सन्देश जोड्न सकियोस् । त्यसयता यो दिवस विश्वका विभिन्न देशमा जनचेतनामूलक कार्यक्रममार्फत मनाइँदै आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.