हेटौंडा । १६ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनि· शिल्ड प्रतियोगिता आगामी फागुन ११ गतेबाट सुरु हुने भएको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन ११ गतेबाट प्रतियोगिता हुने भएको हो । आइतबार हेटौंडा–४, स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा खेलकुदका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षमा बसेको बैठकले फागनु १३ गतेसम्म राष्ट्रपति रनि· शिल्ड प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा ६ विधाका खेलहरु सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोक्तानले बताएका छन् । राष्ट्रपति रनि· शिल्ड प्रतियोगिताअन्तर्गत् भलिबल, उसु, तेक्वान्दो, कराँते, एथ्लेटिक्स र कब्यीको खेलहरु सञ्चालन हुने खेलकुदका अध्यक्ष मोक्तानले बताए ।
प्रतियोगिताको उद्घाटन हेटौंडा–४, स्थित हुप्रचौरमा हुने उनले बताए ।भलिबल हेटौंडा–४, स्थित हुप्रचौरको भलिबल कोर्टमा, एथ्लेटिक्स हुप्रचौरमा, उसु, तेक्वान्दो र कराँते हेटौंडा–४ पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा उनले बताए ।
मकवानपुरको विभिन्न पालिकाहरुबाट सम्पन्न भएको पालिकास्तरीय राष्ट्रपति रनि· शिल्ड प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीहरुले जिल्लास्तरीय राष्ट्रपति रनि· शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी लगायतका पालिकाहरुमा राष्ट्रपति रनि· शिल्ड प्रतियोगिता सम्पन्न भइसकेको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिकासहित अन्य केही पालिकाहरुमा प्रतियोगिता हुन बाँकी रहेको बताइएको छ ।
पालिकास्तरीय प्रतियोगिता बाट छनौट भएका खेलाडीहरुलाई जिल्लाहुँदै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराउन, खेलाडीको कलालाई प्रस्फुटन गर्न, उनीहरुको क्षमताको विकास गर्न खेलप्रतिको रुचिलाई बढाउन प्रतियोगिताको आयोजना गर्न लागिएको उनले बताए ।
उनले राष्ट्रिय र राष्ट्रियतालाई चिनाउनका लागि खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह भएकोले यस्ता प्रकारका प्रतियोगिताहरुको आयोजना गर्न आवश्यक रहेको बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने मेडलसहित क्रमशः स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको खेलकुदका सदस्य मदन उप्रेतीले जानकारी गराएका छन् । प्रतियोगितामा १० वटा पालिकाहरुबाट करिब २ हजार जनाको हाराहारीमा खेलाडीहरु सहभागी हुने अनुमान गरिएको उनले बताए ।
गतवर्षको १५ औं संस्करणको राष्ट्रपति रनि· शिल्ड प्रतियोगिता उपाधि हेटौंडा उपमहानगरपालिकाले १५ स्वर्ण, १० रजत र ९ कांस्य पदक हासिल गर्दै जितेको थियो भने बकैया गाउँपालिकाले १३ स्वर्ण, ५ रजत र १० कास्य पदक हासिल गर्दै उपविजेता बनेको थियो ।
यस्तै, तृतीय भएको थाहा नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ६ कास्य पदक प्राप्त गरेको थियो ।गतवर्ष इन्द्रसरोवर गाउँपालिका प्रतियोगितामा सहभागी भएको थिएन ।
जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले प्रदेशस्तरीय राष्ट्रपति रनि· शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने छन् । बैठकमा आर्मी, पुलिससहित विभिन्न खेल क्षेत्रमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति थियो ।






