दाँत हाम्रो शरीरको अत्यन्त संवेदनशील र महत्वपूर्ण अङ्ग हो, जसले खाना चपाउन, बोल्न र हाँस्नमा सौन्दर्य थप्न मद्दत गर्छ। स्वस्थ दाँत र मसुडाले मात्र हाम्रो मुखको स्वास्थ्य कायम रहन्छ । त्यसैले दाँतको नियमित हेरचाह, विशेषगरी सही तरिकाले माज्ने बानी अत्यावश्यक हुन्छ ।
दाँत माज्नको लागि नरम ब्रस र फ्लोराइडयुक्त पेस्ट प्रयोग गर्नुपर्छ । बिहान उठ्नेबित्तिकै र राति सुत्नु अघि दुईपटक दाँत माज्नु सबैभन्दा राम्रो हुन्छ । ब्रसलाई सिधा होइन, ४५ डिग्री कोणमा मसुडातर्फ झुकाएर हल्का गोलाकार गतिमा माज्नुपर्छ । दाँतको बाहिरी, भित्री र माथिल्लो सतह सबै भाग राम्ररी सफा गर्नुपर्छ । धेरै बल लगाएर माज्दा मसुडा चिलाउने वा रगत आउने समस्या हुन सक्छ, त्यसैले हल्का तर निरन्तर गतिमा माज्नु उपयुक्त हुन्छ ।
माजिसकेपछि मुख राम्ररी पानीले कुल्ला गर्नुपर्छ । ब्रसलाई सुक्खा र सफा ठाउँमा राख्नुपर्छ ताकि ब्याक्टेरिया नफैलियोस्। ब्रसलाई हरेक तीन महिनामा परिवर्तन गर्न सिफारिस गरिन्छ ।
दाँतलाई सुरक्षा किन आवश्यक छ ?
दाँतको सुरक्षा नगर्दा किरा लाग्ने (क्याभिटी), मसुडा सुन्निने, दुर्गन्ध आउने, र दाँत झर्ने जस्ता समस्या आउँछन् । दाँत बिग्रिएपछि मात्र उपचार गर्दा खर्चिलो र पीडादायी हुन सक्छ, त्यसैले सुरुवातदेखि नै हेरचाह गर्नु उत्तम हो । दाँत सधैं बलियो राख्नको लागि क्याल्सियम, फस्फोरस र भिटामिन डीयुक्त आहार लिनुपर्छ, जस्तै दूध, दही, चीज, सागसब्जी र फलफूल ।
स्वस्थ दाँतका लागि उपयोगी टिप्सहरूः
– चिनी र अत्यधिक मीठा खानेकुरा कम गर्नुस् ।
– खाना खाएपछि पानीले राम्ररी मुख कुल्ला गर्नुस् ।
– दिनमा दुईपटक दाँत माज्न नबिर्सनुस् ।
– महिनामा एकपटक दाँत बीचको फाँटमा टोकल (फ्लस) प्रयोग गर्नुस् ।
– वर्षमा कम्तीमा एकपटक दन्त चिकित्सकको जाँच गराउनुस् ।
– धुम्रपान र मद्यपानबाट टाढा रहनुस्, जसले दाँत र मसुडामा हानि पुर्याउँछ ।



