बकैयामा नेकपाको अगुवा कार्यकर्ता भेला, पुराना नेताले फर्केर नहेरेको गुनासो !

मकवानपुर । प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले नजिकिँदै गर्दा मकवानपुरको बकैया गाउँपालिका–७ भीरकोटमा अगुवा कार्यकर्ता भेला आयोजना गर्दै निर्वाचन प्रचार–प्रसार कार्यालय शुभारम्भ गरेको छ ।
भेलामा उलेख्य संख्यामा स्थानीयको सहभागिता देखिएको छ।

७ नम्बर वडा अध्यक्ष मानबहादुर सिङ्तानको अध्यक्षतामा भएको भेलामा जिल्ला कमिटी सदस्य राजेन्द्र घिमिरेले स्वागत मन्तव्य राखेका थिए।
भेलामा सहभागी स्थानीयहरूले विगतका चुनावमा जितेर गएका नेताहरू चुनावपछि गाउँ नफर्किएको गुनासो गर्दै पुराना नेताहरूले भाषण र आश्वासनबाहेक ठोस काम नगरेको गुनासो गरे ।

भेलामा नेकपाका तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका विजय गौतम अहिलेका लागि सुहाउँदो उम्मेदवार भएको दाबी गरियो । उनी पढाइ, संघर्ष र कर्मभूमि यही क्षेत्र भएकाले उनले स्थानीय समस्या नजिकबाट बुझेको भेलामा सहभागी पार्टीका अगुवाहरुले बताए ।

कार्यक्रममा उम्मेदवार गौतमले राजनीतिलाई केवल सत्ता र कुर्सीको खेलबाट बाहिर निकालेर जनताको जीवनसँग जोड्नुपर्नेमा जोड दिए ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, बागमती प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी माझी ‘कृपा’, जिल्ला कमिटी सदस्य राजेन्द्र घिमिरे र बकैया गाउँपालिका संयोजक बिमल नेपाललगायतले आफ्नो धारणा राखे। उनीहरूले संगठनलाई गाउँटोलसम्म फैलाउँदै जनतासँग प्रत्यक्ष संवादलाई तीव्र बनाउने रणनीतिमा जोड दिए।

यस्तै, नेकपाले बकैया ८, बस्तीपुरमा पनि पार्टीका अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.