वडास्तरिय खेलकुद महोत्सवमा नगरस्तरीय छात्र भलिबल प्रतियोगिता

मकवानपुर । मकवानपुरको हेटौँडामा शुक्रबारबाट वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तरगत छात्र भलिबल प्रतियोगिता सुरु भएको छ ।
हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना, शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा ४ को संयोजन र आधुनिक राष्ट्रिय मावि, हेटौँडा ४ को व्यवस्थापनमा शिक्षा, स्वास्थ्य र खेलकुद पहिलो प्राथमिकता भन्ने खेलकुद महोत्सव सुरु भएको हो ।

महोत्सवको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरिन् । आधुनिक राष्ट्रिय माविको परिसरमा भईरहेको प्रतियोगितामा नगरभित्रका १४ वटा विध्यालयले भाग लिएको कार्यक्रम संयोजक राजाराम पोखरेलले जानकारी दिए ।

उद्घाटन समारोहमा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको विशेष आथित्यता रहेको कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईँ, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, शिक्षक कृष्णगोपाल श्रेष्ठको उपस्थिती थियो ।

आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष समीम महोमदको अध्यक्षतामा समारोह भएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.