बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा–९ माष्टरचोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बागमती प्रदेश ०३–००१ ख २६५६ नम्बरको बसले ठक्कर दिँदा रुपन्देहीको देबदह नगरपालिका–८ बस्ने ३७ वर्षिय राम ब हादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पैदलयात्री ठक्करपछि गम्भीर घाइते भएको प्रहरीको भनाई छ । जानकारी प्राप्त हुनासाथ प्रहरी निरिक्षक किशोर आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याएको थियो । तर,अस्पतालमा पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।
दुर्घटनामा संलग्न बसका चालक महोत्तरी, रामगोपालपुर-६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस र चालक दुवैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.