मेयर मीनालाई महासंघको साथ

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाविरुद्ध भएको अपमान र नारीअस्मितामाथिको विभेदयुक्त दबाबविरुद्ध विश्व हिन्दू महासंघ नेपाल, हेटौँडा नगर समितिले आवाज उठाएको छ ।

जेन्जी आन्दोलनपछि पनि प्रमुख लामामाथि अनेक यातनायुक्त र विकृत मानसिकता भएकाहरुले तनाव दिएको र बलात्कारको सम्म धम्की दिएको भन्दै प्रमुख लामाले फेसबुकबाट घटना सार्वजनिक गर्नु भएपछि हिन्दू महासंघ हेटौँडा नगर प्रमुख लामाको पक्षमा उभिएको हो ।

बिहीबार महासंघका हेटौँडा नगर अध्यक्ष राजेश वाग्लेको नेतृत्वमा उपमहानगर उपमहानगरपालिका पुगेको टोलीले प्रमुख लामालाई समस्याविरुद्ध लड्न र सुरक्षासमेत दिन तयार भएको भन्दै समर्थन पत्र बुझाएको छ ।

अध्यक्ष वाग्लेले हेटौँडा उपमहाननगर प्रमुख मीना लामाप्रति गरिएको अपमानजन्य व्यवहारको भ्रत्सर्ना गर्दै व्यक्तिगत अपमान, नारी अस्मिता र मानवताविरुद्धको अपराधका विपक्षमा उभिने बताए । उनले नारी शोषणमुक्त घोषणा अभियान चलिरहँदा नगर प्रमुखमाथि नै भएको अपराधयुक्त अपमानविरुद्ध महासंघ उत्रने बताए । अपराधयुक्त यस्ता कर्ममा कसैलाई नलाग्न र लागेका भए पनि बेलैमा सुध्रन वाग्लेले आग्रह गरे ।

हेटौँडा नगर प्रमुख लामाले केही दिनअघि सामाजिक सञ्जाल मेटामा हेटौँडा महिलामैत्री शहरका रुपमा विकास भइरहँदा आपराधिक मानसिकता भएकाहरुले आफूलाई आन्दोलनका नाममा बलात्कारसम्मको धम्की दिएको लेखेपछि अहिले हेटौँडा तरंगित भएको छ ।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.