कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चित

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले शुक्रबार एक समारोहबीच पालिकालाई यस्तो घोषणा गरेका हुन् । यससँगै कैलाश गाउँपालिका संस्थागत गर्भजाँचसमेत सुनिश्चित गर्न सफल भएको छ।
राष्ट्रिय पूर्ण खोप निर्देशिकाको मापदण्डअनुसार, १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र सबै आवश्यक खोप उपलब्ध गराउनुपर्छ। सो मापदण्ड सफलतापूर्वक पूरा भएपछि पालिकालाई घोषणा गरिएको पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए ।
घोषणासँगै खोप अभियानमा योगदान दिने विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको छ। ४२ जना स्वास्थ्यकर्मीलाई प्रशंसापत्र प्रदान गरिएको छ। साथै, पालिकाका १० वटै वडाका स्वास्थ्य चौकी तथा ७ वटा स्वास्थ्य र शिक्षा क्षेत्रसँग सम्बन्धित संघसंस्थालाई विशेष सम्मान गरिएको हो।

कार्यक्रममा उल्लेखनीय योगदान गरेका तीन जना स्वास्थ्यकर्मी र तीनवटा स्वास्थ्य चौकीलाई विशेष पुरस्कारसमेत प्रदान गरिएको उपाध्यक्ष बालकुमार मल्लले जानकारी दिए।
पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य, रातोपाटी डटकमका पत्रकार गणेश दुलाललाई खोप अभियानमा सक्रिय सहयोग पुर्‍याएको भन्दै नगदसहित सम्मान गरिएको छ।
यसअघि वैशाख महिनाको अन्तिम सातामा कैलाश गाउँपालिकाका सबै वडाहरूलाई पूर्ण खोप वडा घोषणा गरिसकिएको थियो। घोषणा कार्यक्रममा पालिकाका १० वटै वडाका अध्यक्ष तथा स्वास्थ्य चौकी प्रमुखहरूलाई प्रमाणपत्र प्रदान गर्दै उपलब्धि सार्वजनिक गरिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.