चट्याङबाट बालकको मृत्यु

मकवानपुर । मकवानपुरमा विहीबार दिउँसो परेको वर्षासँगै चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
चट्याङबाट कैलाश गाउँपालिका-९ थामलेकका १४ वर्षीय कान्छा गोलेको ज्यान गएको हो। उनी घर बाहिर खाटमा बसिरहेका थिए। त्यही बेला एक्कासि परेको चट्याङले उनलाई समातेको थियो। घटनास्थलमै उनको मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यसबारे पुष्टि गरेका छन्।

यस्तै, बागमती गाउँपालिका-२ देउरालीका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ पनि चट्याङको चपेटामा परे। उनी घरभित्रै बसिरहेका बेला चट्याङ लागेर घाइते भए। हाल उनको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ। स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

त्यसैगरी, चट्याङले स्थानीय कमलजङ्ग रानामगरको घरमा समेत क्षति पुर्‍याएको छ। घरको छाना र भित्तामा क्षति पुगेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.