मकवानपुर । मकवानपुरको हेटौँडामा उपमहानगरपालिका क्षेत्रका इच्छुक र योग्य व्यक्तिहरूका लागि बजार प्रतिनिधि पदमा रोजगारीको अवसर खुला भएको छ। पुनम सप्लायर्सले बजार प्रतिनिधिको आवश्यकता भएको भन्दै दरखास्त आह्वान गरेको हो।
यस पदका लागि अनुभव आवश्यक नराखिएको र नयाँ युवालाई समेत अवसर दिने गरी सूचना जारी गरिएको छ। रोजगारको कार्यक्षेत्र हेटौंडा उपमहानगरपालिका भित्र पर्नेछ। कामको स्वरूपमा व्यक्तिगत हेरचाह सामग्री, खाद्य पूरक, लुगाफाटा, ग्रोसेरी तथा अन्य उत्पादनहरूको प्रवर्धन गर्नु पर्नेछ।
इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा र निवेदनसहित दरखास्त पेश गर्नुपर्नेछ।
सेवा सुविधाका रूपमा, मासिक तलब न्यूनतम रु १५,००० देखि अधिकतम रु. १,००,००० सम्म रहने जनाइएको छ। अन्य सेवा सुविधा सप्लायर्सको आन्तरिक नियम अनुसार व्यवस्था गरिने उल्लेख गरिएको छ।
सम्पर्कका लागि मोबाइल नम्बरहरू ९८५५०७३४३८ र ९८४५०३२०३६६ तोकिएको छ। कार्यालय हेटौंडा–१, राप्तीरोड, मकवानपुरमा रहेको जानकारी पनि सूचनामा दिइएको छ।



