ज्येष्ठ नागरिकलाई सम्मानसहित एक-एक थान झुल प्रदान

तस्बिरःसुरेन्द्र थिके

मकवानपुर । मकवानपुरको भीमफेदी गाँउपालिका वडानं ६ का ज्येष्ठ नागरिकलाई सम्मानसहित झुल वितरण गरिएको छ ।
वडामा रहेका निवृत्तिभरण सुविधा नलिएका ७५ वर्ष माथिका ७० जना वृद्दहरुलाइ सम्मानसहित एक-एक थान झुल उपहार प्रदान गरेको हो।
वडा कार्यबाहक अध्यक्ष बुद्धिबहादुर लामा ‘कुमार’को अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकलाई समान गरेको छ।
कार्यक्रममा गाँउ कार्यपालिका सदस्य,निर्वाचित पदाधिकारी, पत्रकारको उपस्थिति थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.