विद्यालय नर्स आवश्यक

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडस्थिगत ज्ञानदीप शिक्षा (जी. एस.) निकेतन माध्यमिक विद्यालयका लागि विद्यालय नर्स आवश्यकता परेको छ । विद्यालयले नर्स आवश्यकता सम्बन्धी सूचना प्रकाशन गर्दै योग्य उम्मेदवारबाट दरखास्त माग गरेको छ ।
‘विद्यालयको नर्सिङ सेवालाई प्रभावकारी बनाउन मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाणपत्र तहको नर्सिङ उत्तीर्ण गरेको विद्यालय नर्स आवश्यक रहेको भन्दै तपसिलको योग्यता पुगेका नेपाली नागरिकबाट रीतपूर्वक दरखास्त आव्हान् गरिन्छ ।’ विद्यालयको सूचनामा भनिएको छ।
पद, शैक्षिक योग्यता तथा आवश्यक अन्य कुराहरु यस प्रकार छन् ।
पदः विद्यालय नर्स
आवश्यक संख्याः १ (एक) जना
न्यूनतम शैक्षिक योग्यताः प्रविणता प्रमाणपत्र तह नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलबाट लाईसेन्स प्राप्त गरेको ।
उमेरः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
फर्म भर्ने अन्तिम मितिः २०८२/०२/ २३ गते ४ः०० बजेसम्म
लिखित परीक्षाः २०८२/०२/२४ गते शनिबार १ः०० बजेसम्म ।
दर्ता शुल्कः रु. १,०००/–(एक हजार रुपैयाँ मात्र)
पाठ्यक्रम: विद्यालय नर्स सम्बन्धी १०० पूर्णाङ्कको लिखित परीक्षाका साथै अन्तर्वार्ता समेत हुनेछ ।
आवश्यक कागजातः
क) हस्तलिखित निवेदन
ख) एसईईदेखि नर्सिङसम्मको सम्पूर्ण कागजातको प्रतिलिपि र फोटो एकप्रति ।
नोटः अनुभवीलाई विशेष महत्व दिइनेछ ।
सम्पर्कः ०५७ -५२३४१५,९८५५०६९१८४, ९८५५०६९२८४
(ज्ञानदीप शिक्षा (जी.एस. निकेतन माध्यमिक विद्यालय हेटौँडा-५, भैरवरोड) 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.