गणतन्त्र दिवसमा प्रमुखको शुभकामना

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

मकवानपुर । गणतन्त्र दिवस-२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना व्यक्त गरेका छन् ।

‘यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उनको सन्देशमा छ ।

उनले आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती श्रद्धाञ्जली अर्पण गरेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि भन्दै उनले यो नेपाली जनताको लामो संघर्ष, बलिदान र अथक प्रयासको देन भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतासँगै मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौमसम्पन्न बनाउँदै सबैलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित गरेको छ । ’

देशमा सबैखाले निरंकुशताविरुद्ध सम्पूर्ण राजनैतिक दल र आमनागरिक समाज एकजुट भएर इतिहास बदलेजस्तै गणतन्त्र, राष्ट्रियता र जनजिविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एकढिक्का भई सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको उनको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन सकिने हुँदा यसलाई संस्थागत गरी समृद्ध देश निर्माणका दिशामा सबै लाग्नु पर्नेमा उनको जोड छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.