सोधिखोजी विशेष
बिदुर हुमागाईंको पाँचवर्षः साना किसानलाई दुई लाख ऋणदेखि बालमैत्री घोषणासम्म
हेटौंडा– २०७४ सालको स्थानीय तह निर्वाचनमा भएको पनि पाँच वर्ष बित्न लाग्यो । राज्य पुनःसंरचना पश्चात मुलुकमा संघीयता आएपछि दोस्रो पटक आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । पाँच वर्षअघि कांग्रेसका उम्मेदवारलाई हराउँदै मकवानपुरगढी गाउँपालिकाको नेतृत्व एमालेका बिदुर हुमागाईंले विजयी हासिल गरेका थिए । इमान्दार र लगनशील व्यक्तिको...
थाहा नगरः कृषि यान्त्रिकरणको प्रयोग बढ्यो, पाँच वर्षमा गोरु विस्थापन
मकवानपुर– उत्तरी मकवानपुरको थाहा नगरपालिका जिल्लाकै कृषि उत्पादनको हब मानिन्छ । कृषिमा यान्त्रिकरणको विस्तार नहुँदापनि थाहा नगरपालिका जिल्लाकै अब्बल थियो । गोरुबाट ठूलो फँट जोत्नु पर्ने बाध्यता किसानलाई थियो । पहिला अहिलेको जस्तो थरीथरीका ट्याक्टर थिएनन् । भएपनि किन्न सक्ने अवस्था किसानसँग हुँदैन्थ्यो । तर, मुलुकमा संघीयता पश्चात बनेको...
राक्सिराङका जनप्रतिनिधिः पहिला पानीको भारी बोके, अहिले धारामा पानी झारे
हेटौंडा–पानीको मुहान तल, बस्ती छ डाँडामा । राक्सिराङ गाउँपालिका–८ नम्बर वडास्थित महांकालका स्थानीयले खानेपानी लिनको लागि करिब २ घण्टाको उकालो ओरालो हिँड्नुपर्ने बाध्यता थियो । स्थानीयले वर्षौदेखि खानेपानीको विकराल समस्या भोगिरहेका बेला गाउँमा २ वर्षअघि जनप्रतिनिधिको टोली नै पुग्यो । नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न गएका जनप्रतिनिधिलाई स्थानीयले आफ्ना...
मकवानपुरगढीलाई १२ चैतमा बालमैत्री गाउँपालिका घोषणा गरिँदै
हेटौंडा– मकवानपुरगढीलाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा गरिँदै छ । यसअघि २७ फागुनमा पालिकाको ८ वटै वडालाई बालमैत्री घोषणा गरिएको थियो । वडा घोषणापछि १२ चैत शनिवार ५ नम्बर वडाको धादिङस्थित खेलकुद मैदानमा गाउँपालिकालाई भव्य कार्यक्रमसहित बालमैत्री घोषणा गर्ने तयारी अघि बढाइएको छ । निर्धारित मितिमा बालमैत्री घोषणा...
मकवानपुरगढीमा पोलिथिन झोला नियन्त्रण अभियान
हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा पोलिथिन झोला नियन्त्रण गर्ने तीन महिने अभियान सञ्चालन हुने भएको छ । हरियाली प्रवद्र्धनको लागि युवा परिचालन कार्यक्रअन्तर्गत् गाउँपालिकाको ८ वटा सहर उन्मुख क्षेत्रमा पोलिथिन झोला नियन्त्रण अभियान चलाइने भएको हो । पोलिथिन झोला नियन्त्रण परियोजना राली इन्टरनेशनलको आर्थिक सहयोगमा ग्रामिण जागरण तथा विकास संस्था नेपाल...
बागमती प्रदेश सरकारले तीन वटा मल कारखाना खोल्ने
हेटौंडा– बागमती प्रदेश सरकारले विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । प्रदेशभित्र तीन वटा मझौला प्रकारका मल कारखाना सञ्चालन गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । तीन वटा मल कारखाना सञ्चालनका लागि जग्गाको खोजी भइरहेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री...
माओवादी सशस्त्र द्वन्द्वबाट प्रभावित मकवानपुरकी असक्त महिलालाई घरमै पुगेर नागरिकता
हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाकी एक अशक्त महिलालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । तत्कालनीन माओवादी सशस्त्र द्वन्द्वबाट प्रभावित भई मानसिक र शारिरीक रुपमा अशक्त बनेकी मनहरी–९ निवासी ३२ वर्षीया लिलावती गिरीलाई घरमै पुगेर नागरिकता दिइएको हो । नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, मकवानपुरसम्म ल्याउन...
मनहरी खोलामा क्रसर उद्योगको रजगज, ३२ ट्याक्टर नियन्त्रणमा
हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकाका क्रसर उद्योगहरुले दिनहुँ रुपमा अबैध रुपमा खोलाको उत्खनन् गर्दै आइरहेको पाइएको छ । ट्याक्टर लगाएर अबैध रुपमा खोला उत्खनन गर्ने र नदीजन्य पदार्थ आफ्ना क्रसर उद्योगको प्राङ्गणमा थुपार्दै आएका छन् । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरीको मिलेमतोमा क्रसर उद्योगहरुले ट्याक्टर मार्फत अबैध...
मुख्यमन्त्री शाक्यको दुई महिने उपलब्धीः साक्षर प्रदेश घोषणा र बाढीपहिरो पीडितलाई राहत
हेटौंडा–पहिलो महिला मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारको नेतृत्व गरेको बिहीवार दुई महिना दुई दिन पुग्यो । २ भदौमा मुख्यमन्त्रीको सपथ लिएकी शाक्य केही दिनभित्रै नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी थिइन् । अल्पमतको सरकार सञ्चालन गर्दै आएकी शाक्यले २४ असोजमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव टेबुल गरेकी...
जनप्रतिनिधि आएपछि गाउँभरी पुल
मकवानपुरगढी-साविकको गाविस हुँदा विकासबाट पछाडि परेको आमभञ्ज्याङ, गढी, सुकौरा र बढीचौर गाउँ विकास समिति मिलेर गाउँपालिका भएपछि काँचुली फरेको छ । यी चार गाविस गाभिएर बनेको मकवानपुरगढी गाउँपालिकामा जनप्रतिनिधि आएपछि सडकसँगै एक दर्जन पुल निर्माणका चरणमा छन् । गाउँपालिकाले जनप्रतिनिधि पाएपछि विकासमा फड्को मारेको हो । ठाउँ–ठाउँमा सडक निर्माण...