राजनीति

रवि लामिछानेले पुनः नागरिकता लिएर उपनिर्वाचन लड्न पाउने

काठमाडौं– निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पुन नागरिकता लिएर उपनिर्वाचन लड्न पाउने भएका छन् । पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका...

बिचौलिया प्रवेशमा रोक लगाउने मन्त्री श्रेष्ठको निर्णय

हेटौंडा– बागमती प्रदेशका नवनियुक्त श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले यातायात कार्यालयहरुमा बिचौलियाहरुको प्रवेशलाई रोक लगाउने निर्णय गरेका छन् । बिचौलियाका कारण यातायात कार्यालयहरुमा सेवाग्राहीलाई सास्ती भोग्नु परेको भन्दै श्रेष्ठले बिचौलियाहरुको प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् । तर, श्रेष्ठलाई आफ्नै निर्णय भारी पर्ने कतिपयले आशंका गरेका छन्...

बागमतीको मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

हेटौंडा– बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्य न्यायधिवक्तामा नेपाललाई नियुक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा नेपाललाई प्रदेश सरकारको मुख्य न्याधिवत्तामा नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य...

बागमतीमा राज्यमन्त्री नबनाउने मुख्यमन्त्री जम्मकट्टेलको घोषणा

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो कार्यकालमा राज्यमन्त्री नियुक्त नगरिने बताएका छन् । मंगलबार मन्त्रालय संख्या निर्धारण गर्न बनेको कार्यदलको प्रतिवेदन बुझ्दै उनले राज्यमन्त्र नबनाउने बताए । विगतमा १४ वटा मन्त्रालय र १८ जना मन्त्री बनाउँदा धेरै आलोचना भएको स्मरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले ११ जना मन्त्री मात्रै नियुक्त...

बागमतीमा ९ वा ११ मन्त्रालय बनाउन कार्यदलको सुझाव

हेटौंडा– बागमती प्रदेशको मन्त्रालय घटाउन गठित कार्यदलले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको छ । कार्यदलले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री जम्कटट्टेललाई मन्त्रालय घटाउने प्रतिवेदन बुझाएको हो । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि कार्यदल गठन गरेका थिए । प्रदेशका...

कति वटा बन्ला बागमतीमा मन्त्रालय ?

हेटौंडा– बागमती प्रदेशमा मन्त्रालयको संख्या निर्धारण गर्न बनेको अध्ययन कार्यदलले आज सोमबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई प्रतिवेदन बुझाउँदैछ । गत पुस २६ गते गठित कार्यदलले प्रदेशमा रहेका मन्त्रालयहरुको अध्ययनपश्चात् मन्त्रालय संख्या निर्धारण गर्दै मुख्यमन्त्री जम्मकट्टेललाई सुझावसहितको प्रतिवेदन बुझाउन लागेको हो । मुख्यमन्त्री जम्मकट्टेलले शपथ ग्रहणलगत्तै पहिलो निर्णय गर्दै मन्त्रालयको संख्या...

सभामुख बन्न लागेका घिमिरेको त्यो भोट…, जसले एमाले फुटायो

काठमाडौं– नेकपा एमालेले ४ असोज ०५३ मा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । महासचिव माधवकुमार नेपालले बोलाएको उक्त बैठकको एकमात्र एजेन्डा थियो—महाकाली सन्धि अनुमोदनका लागि मतदान गर्ने । त्यतिबेलाको एमालेको ३५ सदस्यीय केन्द्रीय कमिटीमा महाकाली सन्धिको पक्ष र विपक्षमा ठूलो विवाद थियो । महाकाली सन्धिको पक्षमा महासचिव नेपालसहित नेता...

बागमतीमा मन्त्रालय संख्या टुंगिएपछि सरकार विस्तार

हेटौंडा– बागमती प्रदेशमा सरकार विस्तारको समय धकेलिने देखिएको छ । प्रदेशसभाबाट मंगलबार विश्वासको मत पाएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेले केही दिनपछि मात्रै सरकार विस्तार गर्ने उनी निकट स्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका थिए । उनले मंगलबार भएको प्रदेशसभा बैठकबाट विश्वासको...

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित

हेटौंडा– बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । मंगलबार प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएपछि प्रदेशसभा बैठक अनिश्चिकालको लागि स्थगित भएको हो । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मंगलबार प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको...

बागमतीका मुख्यमन्त्रीले पाए असाधारण विश्वासको मत

हेटौंडा– बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत मागेका थिए । ११० सदस्यीय बागमती प्रदेशसभाका १०५ सदस्यले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएका हुन् । यो असाधारण बहुमत हो । सरकार जोगाउन ५६ मत भए पुग्थ्यो । बागमती प्रदेशको यसअघिको मुख्यमन्त्रीहरुले संसदमा...