राजनीति

सांसद बन्ने बिन्दवासिनीको सपना अधुरै

हेटौंडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णय र सिफारिसका आधारमा ढाकाकुमार श्रेठको स्थानमा आइतबार नै हेटौंडाकी विन्दाबासिनी कसांकारलाई सांसद बनाइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिइएको हो । सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठले दिएको रिट...

असारे विकासको झल्को दिने प्रदेशको कानुन निर्माण शैली

हेटौंडा– बागमती प्रदेश अर्थतन्त्रमा बलियो र विकासको सूचकांकमा अब्बल भएर पनि प्रदेशबासीले अनुभूति गर्नेगरी सृजनात्मक काम गर्न नसकेको देखिन्छ । वडा तहबाट गर्न सकिने विकास निर्माणका योजनाहरुमा मात्र प्रदेश सरकारको ध्यान गएका कारण चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनामा पुँजीगत खर्च जम्माजम्मी १७ प्रतिशत भएको छ । असारे...

सिंहदरबारमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा...

मजदुर योगदानको उच्च मूल्याड्ढन हुनुपर्छः प्रदेश प्रमुख शर्मा

हेटौंडा– अन्तर्राष्ट्रिय श्रमिक (मजदुर) दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मजदुरहरुको योगदानको उच्च मूल्याड्ढन हुनुपर्ने बताएका छन् । प्रदेश प्रमुख शर्माले सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै विभिन्न...

कांग्रेस मकवानपुरको वडादेखि जिल्लासम्म सम्मेलनको तयारी

हेटौंडा– नेपाली कांग्रेस मकवानपुरले जिल्लाका एकसय २ वटै वडादेखि जिल्ला तहसम्म पार्टीको सम्मेलन आयोजनाको तयारी थालेको छ । पार्टीलाई गतिशिल ढंगले अगाडि बढाउने योजनाअन्तर्गत् सोमबार हेटौंडामा भएको वडा तहदेखि जिल्लासम्मको सम्मेलन पूर्व तयारी संयुक्त बैठकले मितिसमेत तय गरेको छ । कांग्रेसको विधानमा उल्लेख भएअनुसार प्रत्येक ६ महिनामा वडा सम्मेलन,...

बागमतीमा सत्ताकेन्द्रित राजनीतिले बजेट खर्च नाजुक स्थितिमा

बागमती प्रदेश अर्थतन्त्रमा बलियो र विकासको सूचकांकमा अब्बल हुनुका साथै राजश्व आम्दानीमा पनि पहिलो नम्बरमा आउँछ । तर, चालु आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि पुँजीगत बजेट खर्च भने १७ प्रतिशत मात्र गरेको छ । असारे विकास गर्ने उही पुरानै पारा बागमती प्रदेशले पनि निरन्तरता दिएको छ । ७...

सुशासन आशालाग्दो, राजनीतिक अस्थिरताले अस्तव्यस्त

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको एक सय दिन सार्वजनिक गरेका छन् ।२५ पुसमा मुख्यमन्त्री नियुक्त भएपछि सरकार निर्माणमा बनेको गठबन्धन फेरबदल भएसँगै दुई पटक विश्वासको मत लिएका उनले एक सय दिनलाई उपलब्धीका रुपमा लिएका छन् । तर, एक सय दिनभित्र उपलब्धी सामान्य देखिए पनि राजनीतिक अस्थिरताले...

बागमतीमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट दुई मन्त्री थपिए

हेटौंडा– बागमती प्रदेशका मसख्यमन्त्री शालिकाराम जम्मकट्टेलले आइतबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएर गठबन्धन टुटफुटको कारण दुईपटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्मकट्टेलले आइतबार दुई मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिं लामा र तिर्थ लामा मन्त्री बनेका छन् ।...

उपाध्यक्ष न्यौपानेको राजीनामाले मकवानपुरमा धक्का

हेटौंडा– नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको छ । यसअघि नै राजीनामा बुझाएर हेटौंडास्थिर घरमै रहेका न्यौपानेको राजीनामा ढिलो गरी स्वीकृत गरिएको हो । राजीनामा बुझाएपछि उनी हेटौंडामा निरन्तर भेटघाट र निजी काममा व्यस्त थिए । पछिल्लो राजनीतिक घटना क्रमका बीचमा उनको राजीनामा पार्टी...

बागमतीमा सरकार विस्तार गर्न कार्यदल गठन

हेटौंडा– गठबन्धनको शिर्ष तहमा सत्ता साझेदार दलहरुबीच मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बन्न पुग्यो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक मन्त्रालय भागबण्डा नमिलेर निष्कर्षहीन बनेको हो । संघीय सरकारमा जस्तै, बागमती प्रदेश सरकार विस्तारमा पनि गठबन्धनको प्रदेश तहमा अलमल छ । संघीय सरकारमा...