राजनीति

एमसीसी रिजेक्ट गरेको छैन् र समर्थन पनि गरेको छैन: प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजना रिजेक्ट नगरेको र समर्थन पनि नगरेको स्पष्ट पारेका छन। बिहिबारको आम हड्ताल र आगामी योजनाबारे जानकारी दिन नेकपा बिटमा समाचार लेख्ने पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले एमसीसी रिजेक्ट पनि नगरेको र हालसम्म समर्थन पनि नगरिएको स्पष्ट पारेका हुन् । बिहिबारको हड्तालमा...

झडपमा मातृका यादव गम्भीर घाइते, अण्डोषमा लाग्यो चोट

काठमाडौं । प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । उनको अण्डोषमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । जनकपुरको शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादव घाइते भएका हुन् ।

काम गर्न नपाउँदा विघटन गरेर निर्वाचनमा जान पाउने अधिकार प्रमसँगः नायव महान्यायाधिवक्ता

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ आज सत्रौँ दिन पनि जारी छ । सरकारको तर्फबाट आज नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे र नारायण पौडेलले बहस गरे । नायब महान्यायाधिवक्ता पाण्डेले २०४७ सालको संविधानभन्दा वर्तमान संविधानले प्रधानमन्त्रीलाई अधिकार दिएको र सोही अधिकारको प्रयोग गरी प्रतिनिधिसभा विघटन कानूनसम्मत भएको तर्क गरे ।...

विप्लबमाथिको प्रतिबन्ध हटाउनुपर्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ माथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले पार्टीसँग सल्लाहै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् । विप्लब राजनीतिक शक्ति भएकाले उनीसँग...

थप १ सय ७१ मा कोरोना सङ्क्रमण, २ को मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ११२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या...

भारततर्फ किन जान थाले गैंडा ?

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैंडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैंडा विस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षातमा दुई वटा गैंडा सुस्ता हुँदै भारततर्फ गएका छन्...

यस्तो देखियो व्यवस्था जोगाउन माधव-प्रचण्डले गरेको आम हड्ताल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन र संबैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेको बिरोधमा नेकपा(माधव प्रचण्ड) समुहले बिहिबार देशव्यापी आम हड्ताल गर्यो । आम हड्ताललाई सफल बनाउन पार्टीका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । अधिकांश स्थानमा सुरक्षा कर्मीसँग घम्साघम्सी परेको छ । स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्यसहित...

नेकपा सर्लाही इन्चार्ज वाग्लेको शंकाष्पद निधन

काठमाडौं । नेकपाका सर्लाही जिल्ला इन्चार्ज दाचाराज वाग्लेको शंकाष्पद निधन भएको छ । जिल्लाको बरहथवा नगरपालिकामा नेकपाद्वारा आयोजित मसाल जुलुसमा सहभागी भइ कर्मैया तर्फ हिँडेका वाग्ले केही समयमै सम्पर्कबिहीन भएका थिए । रातको साढे ९ बजे मुर्तिया जंगलमा शव फेला परेको छ । उनी प्रचण्ड-नेपाल पक्षधर नेता हुन् ।

सडन डेथमा युनाइटेडलाई उपाधि

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडले हात पारेको छ । घरेलु मैदान महेन्द्रनगरस्थित खुला मञ्चमा भएको फाइनल खेलमा कैलालीको पिएचए अत्तरियालाई पराजित गर्दै रु एक लाख पुरस्कार राशिको उपाधि महेन्द्रनगरले जितेको हो । महेन्द्रनगर युनाइटेड क्लबको आयोजना र कञ्चनपुर जिल्ला...

प्राज्ञिक लेखन गुणस्तरका लागि विज्ञ–परामर्श

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले शोधमूलक प्रकाशनार्थ प्रस्तुत गरिने प्राज्ञिक लेखको गुणस्तरीयताको समीक्षा तथा मूल्याङ्कनबारे विज्ञहरुसँग परामर्श गरेको छ । प्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध) विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमका विज्ञ वक्ताले प्राज्ञिक लेखनको स्तरीकरणका साथै जर्नलको गुणस्तरका लागि विशेष ध्यान दिइनुपर्ने खाँचो औँल्याए । उनीहरूले प्रतिष्ठानबाट प्रकाशित हुने जर्नल लेखको...