राजनीति
बागमती सरकारबाट बाहिरियो कांग्रेस, सरकारलाई दिएको समर्थन पनि फिर्ता
हेटौंडा/बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह...
एमालेको प्रमुख सचेतकमा महेश बर्तौला
हेटौंडा । नेकपा एमालेको प्रमुख सचेतकमा महेशकुमार बर्तौला चयन भएका छन् । बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् । उनी यसअघि सचेतकको भूमिकामा थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी...
बागमतीको सत्ता समीकरण फेरबदलमा राप्रपा र ‘हानेपा’ निर्णायक
हेटौंडा । केन्द्रीय सत्ता गठबन्धनमा उलटपुलट आएसँगै बागमतीमा पनि सरकार फेरबदल निश्चित प्रायः छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएर नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बन्ने भएपछि बागमतीमा पनि जोडघटाउ सुरु भएको छ । बागमतीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को सरकार छ ।...
संविधान राम्रो बनाए तर, काम राम्रो गरेनन्ः डा.भण्डारी
हेटौंडा– प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले यो देशको नेतृत्वले संविधान राम्रो बनाएको भएपनि काम भने राम्रोसँग गर्न नसकेकाले युवावर्गमा निराशा पैदा भएको बताएका छन् । डा. भण्डारीले युवा देशको भविष्य भएको र युवाले मुलुक बनाउन सक्ने बताएका हुन् ।वीपी विचार समाज मकवानपुरको...
बागमती सरकारमाथि ९ आरोपः आर्थिक चलखेलदेखि विकासमा बेवास्थासम्म
हेटौंडा– नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारलाई ९ वटा आरोप लगाएको छ । प्रदेश सरकार आर्थिक चलखेलदेखि महत्वपूर्ण संरचना निर्माण अधुरै राखेर काम नगरेकोप्रति एमालेले रोष प्रकटगरेको हो । हेटौंडामा बसेको संसदीय दलको बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले बागमती सरकार निश्चित मन्त्री र कार्यकर्ता रिझाउनमै व्यस्त...
कांग्रेस मकवानपुरले राजनीतिसँगै सामाजिक रुपान्तरण थाल्ने
नेपाली कांग्रेस मकवानपुरले राजनीतिसँगै सामाजिक रुपान्तरणको अभियान पनि चलाउने भएको छ ।आगामी ३ पुसमा हेटौंडामा जिल्ला सम्मेलनको आयोजना गरेर राजनीतिक गतिविधिसँगै सामाजिक रुपान्तरणमा जुट्ने गरी आन्तरिक रुप रेखा तयार गर्ने जनाइएको छ । जिल्ला सम्मेलनको तयारी बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीले...
राष्ट्रियसभा अध्यक्षमा बिडारीको दाउ, सदस्यमा ‘डीना’को नजर
हेटौंडा– आगामी ११ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । तीन महिनापछि निर्वाचन भएपनि राष्ट्रियसभा अध्यक्षदेखि सदस्य बन्न नेताहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन् । अध्यक्षदेखि सदस्य बन्न मकवानपुरका दुई नेताले राष्ट्रिय सभामा नजर लगाएको चर्चा भइरहेको छ । राष्ट्रियसभा चुनावमा मकवानपरका रामनारायण बिडारी दोहोरिने चर्चा भएको छ । यसअघि सदस्य रहेका...
बागमती प्रदेशको सर्वदलीय बैठक निष्कर्षविहीन
हेटौंडा– बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान नछाड्दा आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहिन भएको हो । बैठकमा बजेट कार्यान्वयन, समितिका सभापतिको चयन र पूर्वाधार विकास कोषको रकम सम्बन्धमा छलफल भएको नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले...
सरकारप्रतिको आक्रोश राजनीतिक प्रणालीविरुद्ध प्रयोग भयोः बर्तौला
हेटौंडा– मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले सचेतक महेशकुमार बर्तौलाले सरकारप्रतिको आक्रोश वर्तमान राजनीतिक प्रणालीविरुद्ध प्रयोग भएको बताएका छन् । बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजिएको बताएका हुन् । संघीय संसदमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार विकास, समृद्धि, सुशासन र...
१०० दिनमा बागमतीका उद्योगमन्त्रीको २४ बुँदे प्रगति दाबी
हेटौंडा– ४ भदौ २०८० बाट बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री रामकृष्ण चित्रकारले आफ्नो सय दिन पूरा गरेका छन् । लामोसमय बिनाविभागीय मन्त्री रहेर उद्योग मन्त्रालयको कार्यभार सम्हालेको चित्रकारले बुधवार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन क्षेत्रमा गरेको काम र उपलब्धि सार्वजनिक गरेका हुन् ।...