राजनीति

छ लाख घुसले मालपोतका हाकिमको जागिर चट

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग छ लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिश पठाई फुकुवा गरिदिने...

बिराटनगरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

काठमाडौं । आम सभाका लागि बिराटनगर पुगेका प्रधानमन्त्री केपी ओलीलाई विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । अनेरास्ववियूका नेता वसिम आलम नेतृत्वको विद्यार्थी समुहले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका हुन् । सभाका लागि बिराटनगर ओर्लने वित्तिकै विमानस्थल बाहिर ओलीलाई कालो झण्डा देखाईएको थियो । ओलीलाई कालो झण्डा देखाएपछि प्रहरीले अनेरास्ववियूका...

कोभ्याक्स सुविधामा पाउने कोरोनाविरूद्धको खोप फागुन मसान्तभित्रै आउने

काठमाडौं । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले आफूहरुले सबै...

गौतमबुद्ध क्रिकेट रङ्गशाला बनाउन ललितपुर महानगरको २० लाख

काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरेको छ । रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रु २० लाख...

भरतपुरमा शहरभित्र शहर बन्दै, चैत महिनाभित्रै निर्माणको सम्झौता हुने

  काठमाडौं । जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन बनाइँदै...

पार्टी कमिटिलाई केही दिनभित्रै पूर्णता दिने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले केही दिनभित्रै प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी एकीकरणका बाँकी काम तथा प्रदेश कमिटीका पदाधिकारीको चयन, जिल्ला कमिटीका पदाधिकारी र केन्द्रीय निकायको एकीककरणको कामलाई पूर्णता दिने निर्णय...

ओली सरकारमा म गृहमन्त्री बन्ने हल्ला गलत होः बामदेव गौतम

काठमाडौं । नेकपा सचिवालय सदस्य बामदेव गौतमले आफु ओली सरकारमा गृहमन्त्री बन्न लागेको भन्ने समाचार गलत भएको स्पष्ट पारेका छन् । पार्टी एकताका लागि नेकपा एकता राष्ट्रीय अभियान चलाईहेका गौतमले आफ्ना चरित्र हत्या गर्ने मनसायले ओली सरकारमा जान लागेको प्रचार गरिएको भन्दै आपक्ति जनाएका हुन् । उनले समाजिक सञ्जालमा...

देउवाले कार्यकर्तालाई भने-बैशाखमै चुनाव हुन्छ, तयारीमा जुटनुस्

नुवाकोट । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले संसद्...

विप्लबलाई वार्तामा आउन ओलीको आव्हान

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भूमिगत नेत्रबिक्रम चन्द बिप्ल समुहलाई वार्ताका लागि आव्हान गरेका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रतिष्पर्धाको विकल्प नभएकाले वार्तामा आउन आग्रह् गरेका हुन् । “शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन तथा अझै पनि यसधारमा समाहित नभइसकेका वा हुन...

कांग्रेस महाधिवेशन आगामी भदौ ७ गते

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राखेको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसैगरी कांग्रेसले गाउँ÷नगर वडा...