राजनीति
एसिड पीडित मुस्कान खातुनलाई अन्तराष्ट्रिय पुरस्कार, जो वाइडन पत्नी र अमेरिकी विदेश मन्त्रीले घोषणा गर्ने
काठमाडौं । एसिड पीडित मुस्कान खातुनले प्रसिद्ध अन्तराष्ट्रिय पुरस्कार पाउने भएकी छिन् । खातुनलाई अमेरिकी संस्था आईडब्ल्यूओसीले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार दिने निर्णय गरेको हो । यो पुरस्कारको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडन पत्नि जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा भर्चुअल माध्यमबाट घोषणा गर्नेछन्...
संसदमा भिडन्तको संकेतः ओलीले संसदीय दलको बैठक बोलाए, प्रचण्ड-नेपालले कारवाहीको पत्र बुझाए
काठमाडौं । फागुन २३ गते ४ बजेका लागि प्रतिनिधी सभाको बैठक बोलाईएको छ । प्रधानमन्त्री ओलीलाई हटाउने तयारीमा रहेका नेकपा बहुमत पक्ष तथा माधव प्रचण्ड समुहले काँग्रेस र जनता समाजवादी पार्टीसँग आगामी रणनीतिबारे छलफल गरिरहेको छ । उता, प्रधानमन्त्री ओलीले फागुन २२ गते ३ बजेका लागि संसदीय दलको बैठक...
सबिता ढुंगाना को लोक दोहोरि गित ‘शितल दिने कर्के नजर’ बजारमा
काठमाडौं । नेपाली लोक गित संगीत को बजारमा दिनै जसो लोक नयां नयां लोक दोहोरि गित हरु बजारमा आइरहेका छन् । पछिल्लो समय कांठ क्षेत्र का गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगाना को लोक...
शनिबारसम्म मौसममा बदली हुने, केही ठाउँमा आंशिक वर्षाको सम्भावना
काठमाडौं । शनिबारसम्म पश्चिमी वायुको प्रभावले देशको विभिन्न ठाउँमा सामान्य बदली हुने भएको छ । देशको पहाडी भेगमा आंशिक बदली भइ केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावले पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले...
नयाँ सरकारको विषयमा कांग्रेसको मत बाझियो, नेतैपिच्छे अलग-अलग धारणा
काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माधव-प्रचण्ड समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । प्रतिनिधि सभा पुनर्स्थापनापछि नयाँ राजनीतिक परिस्थितिकाे बारेमा प्रमुख प्रतिपक्षी दलको स्पष्ट धारणा नआइरहेकाे बेला पौडेलले माधव-प्रचण्ड समूहलार्ई सहयोग गर्ने संकेत दिएका हुन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको...
गुरुकुलका विद्यार्थीलाई सांस्कृतिस्थलमा भ्रमण गराइँदै
कास्की । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र पुतलीबजार नगरपालिकाको सहकार्यमा गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने भएको छ । धार्मिक एवं सांस्कृतिक महत्वकास्थललाई पर्यटनसँग जोड्ने ध्येयले पुतलीबजार नगरपालिकास्थित पाणिनी गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीसम्मको अवलोकन भ्रमण गराउँन लागिएको हो । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख...
काँग्रेसले सरकारको नेतृत्व गर्दैन, मलाई राष्ट्रपति पनि चाहिँदैनः पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहलाई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताए । वरिष्ठ नेता पौडेलले भने, “कांग्रेसले आफ्नो हैसियतमा रहेर...
विप्लव र सरकारबीच सहमति, शुक्रबार ओली र चन्दको संयुक्त सभा
काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच संवादका माध्यमबाट सम्पूर्ण राजनीतिक विषयको समाधान गर्ने गरी तीनबुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र चन्द समूहको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले आज संयुक्त विज्ञप्ति जारी गरी सहमति भएकोपत्र सार्वजनिक गरे । उक्त सहमतिसँगै चन्द...
माधव-प्रचण्ड समुहका केन्द्रिय सदस्य नागरिकतासहित निर्वाचन आयोग जाने
काठमाडौं । नेकपाको बहुमत पक्ष अर्थात माधव नेपाल प्रचण्ड समुहका केन्द्रिय सदस्यहरु नागरिकतासहित निर्वाचन आयोग जाने भएका छन् । पार्टी केन्द्रिय कमिटीको बैठकमा शिर्ष नेताहरुले केहि दिनभित्रै नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गर्न निर्देशन दिएको एक केन्द्रिय सदस्यले बताए । ‘हामीलाई नागरिकतासहित निर्वाचन आयोग जान तयारी अवस्थामा रहन भनिएको...
नेकपा विवाद छिटो टुङग्याउन निर्वाचन आयोगका पूर्वप्रमुखहरुको अपिल
काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति प्रकाशन गरी उक्त सुझाव दिएका हुन् ।...