राजनीति

आठ वर्षमा चार पटक म्याद थप हुँदा समेत बनेन सर्लाही र रौतहट जेड्ने वाग्मती पुल

सर्लाही । जिल्लालाई रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य अलपत्र भएको हो । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ ।...

अझै छुटेनन् विप्लवका कर्यकर्ता

संखुवासभा ।  सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा हुनुहुन्छ । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय...

मानसरोवर कैलाश दर्शनले बढायो हुम्लामा पर्यटक

हुम्ला । मानसरोवर कैलाशको दर्शनका लागि हुम्लाको सिमकोट पुगेका भारतीय तीर्थयात्री उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी, लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरी फिर्ता भएका छन् । हुम्लाको लिमी लाप्चा पर्यटकीयस्थल हुँदै भारतीय तीर्थयात्रीको टोली मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका हुन् । डेढ वर्षदेखि हुम्लामा पर्यटकको आवागमन भएको थिएन ।...

किसानलाई मकैको बीउ उत्पादनसम्बन्धी तालीम

चितवन । वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो । सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी भएका थिए । वर्णशङ्कर मकैको बीउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका वर्णशङ्कर...

दैनिक २० घण्टा लोडसेडिङको मार !

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक...

सके ओलीलाई जोगाउने, नत्र माधव नेपाल प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएको छ । पार्टी भित्रै बामपन्थी सरकार जोगाउनुपर्ने धारणा उठेपछि बरिष्ठ नेता नेपाल प्रधानमन्त्री बन्ने सम्भावना बढेको हो । सके ओली नेतृत्वको सरकार जोगाउने त्यो सम्भव नभए नेपाललाई अघि सार्न सकिने सम्भावना बारे छलफल अघि बढेको...

नागढुङ्गा सुरुङमार्ग निर्माण नौ प्रतिशत, १५ महिनामा खनिसक्ने

काठमाडौँ । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक...

चैत दोश्रो हप्तादेखि काठमाडौंमा मेलम्चीको पानी, दैनिक आउँछ धारा

काठमाडौं । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण...

हावाहुरीको मौसममा बत्ति आउने/जाने भइरहन्छः प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हावाहुरीको मौसममा बत्ति आउने जाने भैरहने बताएको छ । प्राकिरणका प्रवक्ता मदन तिम्सिनाले बत्ति आउने जाने भइरहने तर लोडसेडिङ भने नहुने बताए । ‘हावाहुरीको मौसम छ, चट्याङ पर्नेदेखि लाइनमा रुढ ढलेर पनि समस्या हुन्छ तर त्यो लोड सेडिङ भने होइन’, प्राधिकरणका प्रवक्ता तिम्सिनाले सिंहदरबारसँग...

आवश्यकताभन्दा दोब्बर काठ वनैमा खेर, वार्षिक १८ अर्बको आयात

काठमाडौं । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधी खारेज गरे लगत्तै वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको विज्ञहरुले ठहर गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तीको चुनौती सम्बन्धी हाका–हाकी बहसमा सहभागी विज्ञहरुले वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताएका हुन । नेपाल...