राजनीति

व्यवसायी बल बहादुर तामाङले त्यागे एमालेको संगठित सदस्यता

काठमाडौं । नेकप(एमाले) निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग ब्यवसायी महासंघका सचिव बल बहादुर तामाङले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित संगठित सदस्यता समेत त्यागेको घोषणा गरेका छन् । पार्टीले नीति सिद्धान्त बिर्सेको भन्दै उनले फेसबुकमा लामो स्टाटस लेखेर एमालेका सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यता समेत त्यागेको घोषणा गरेका हुन् । उनले...

माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल निकट अनेरास्ववियुले उपत्यका स्तरिय कार्यकर्ता भेला आयोजना गरेको छ । भेलालाई अनेरास्ववियुका सचिवहरु सुदेश पराजुली, वसिम आलम, आरती लामा लगायतले सम्बोधन गरेका थिए । अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाका अनुसार भेलाका वक्ताहरुले पार्टी अध्यक्ष केपी ओली प्रवृत्तिको डटेर सामना गर्ने उद्घोष गरेका थिए ।...

क्यान्टोनमेनको १९ अर्ब भ्रष्टाचारबारे हामी छानविन गर्छाैः रायमाझी

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री टोप बहादुर रायमाझीले तत्कालिन माओवदी सेनाको क्यान्टोनमेनको १९ अर्ब भ्रष्टाचार काण्डबारे छानविन गर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्रममा उनले क्यान्टोनमेनको १९ अर्ब घोटालाबारे आफुहरुले छानविन गर्ने बताएका हुन् । उनले भने, ‘यस विषयमा कुनै न कुनै निकायले, यसको खोजि नीति...

माधव नेपाल समुहले बनायो समानान्तर संगठन, कसले कहाँ पाए जिम्मेवारी ?

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टीमा समानान्तर जिम्मेवारी तोकेको छ । अध्यक्ष ओलीले आफु पक्षिय नेताहरुको जिम्मेवारी खोसेपछि जवाफमा नेपाल समुहले पनि समानान्तर जिम्मेवारी तोकेको हो । शनिबार बसेको नेपाल पक्षिय केन्द्रिय सदस्यहरुको बैठकले नेताहरुलाई जिम्मेवारी तोकेको हो । प्रदेश १ को...

बादल, रायमाझी, भट्ट र साहलाई सरकार छाड्न माओवादीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो । नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई बनेको...

ओलीको प्रतिवाद गर्दै देशैभर समानान्तर कमिटी बनाउने माधव नेपाल समुहको निर्णय

काठमाडौं । नेकपा(एमाले)को माधव नेपाल समुहले ओली समुहको प्रतिवाद गर्दै देशैभर समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । बानेश्वरको अर्याल होटलमा बसेको स्थायी कमिटीका उपलब्ध सदस्यहरुको छलफलले ओलीका स्वाच्छाचारी कदमहरुको प्रतिवाद गर्दै देशैभर समानान्तर कमिटी बनाउने निर्णय गरेको हो । ओलीले शुक्रबार आफ्नो समुहको बैठक राखेर अध्यक्ष र महासचिव...

केपी ओलीसँग मिलेर जाने सम्भावना समाप्त भयोः बामदेव गौतम

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष बामदेव गौतमले केपी ओलीसँग मिलेर जाने सम्भावना सकिएको घोषणा गरेका छन् । ओली समुहले बालुवाटारमा कथित केन्द्रिय कमिटी बैठक राखेर गौतमसहितको पदाधिकारीहरुलाई बर्खास्त गरेको थियो । ओली समुहले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीहरुको पद खारेज गरेर बरिष्ठ नेता नेपाल निकट निकटहरुको जिम्मेवारी समेत खोसेको...

पार्टी फुटाउने तयारीमा ओली समुह, माधव नेपाल पक्षधरको जिम्मेवारी खोसियो

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले पार्टी फुटाउने तयारी थालेका छन् । सर्वाेच्च अदालतले नेकपा बिघटन गरि एमाले ब्युताईदिएपछि ओलीले पुनः फुटाउने तयारी थालेका हुन् । ओलीले शुक्रबार बालुवाटारमा आफ्नो समुहको बैठक राखेर महासचिव बाहेकका सबै पदाधिकारीहरु खारेज गरेका छन् । विदेश विभाग प्रमुख रहेका बरिष्ठ नेता माधव नेपाललाई...

काँग्रेसले देउवाको नेतृत्वमा सरकार बनाउने

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउने भएको छ । रामचन्द्र पौडेल समुहका नेताहरुले पार्टीकै नेतृत्वमा सरकारी बनाउनु पर्ने र त्यसका लागि सभापति देउवा अघि सर्नुपर्ने निष्कर्ष निकालेको हो । पौडेल समुहले देउवाले नयाँ सरकार गठनका लागि अग्ररसता देखाउनुपर्ने र त्यसमा आफुहरुको पूर्ण समर्थन...

९५ हजार घुस खाने इञ्जिनियर र लेखा अधिकृत विरुद्ध मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९५ हजार रुपैयाँ घुस लिने इञ्जिनियर र लेखा अधिकृत विरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । आयोगले धादिङ जिल्लाको गंगा जमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पुजा कार्की विरुद्ध मुद्धा हालेको हो । इञ्जिनियर पुजा कार्कीले ठेक्का सम्झौता...