राजनीति

इजरायलबाट पाटन अस्पताललाई स्वास्थ्योपकरण हस्तान्तरण

काठमाडाैं । नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा रवि शाक्यलाई एकएक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गरे । सो अवसरमा राजदूत गोडरले ललितपुरमा रहेका धेरै अस्पतालमध्ये पाटन अस्पताल...

चिकित्सकको अभावमा अस्पतालमा भेन्टिलेटर प्रयोगविहीन

  उदयपुर । जिल्ला अस्पतालमा झण्डै एक वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन् । सिकिस्त अवस्थाका बिरामीलाई राखेर उपचार गर्नका लागि स्थापना गरिएका भेन्टिलेटर मेशिन सञ्चालन गर्ने चिकित्सक एनेस्थेसियोलोजिष्ट व्यवस्थापन नहुँदा अहिलेसम्म उक्त उपकरण जिल्ला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् । स्वास्थ्य तथा...

टुट्यो ओली-माधव संवादहिनता, चार महिनापछि एउटै टेवलमा छलफल

  काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली छलफल मा बसेका छन् । आज ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा आफ्नो पक्षका नेताहरु सहित दुबै नेताले छलफल सुरुगरेका छन् । छलफलमा माधवकुमार नेपाल सहित नेपालपक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त...

खुला चौरमा पठनपाठन कहिले बन्छ ? विद्यालय भवन

हुम्ला । जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका छन् । लामो समयको कोरोना कहरपछि पठनपाठन शुरु भए पनि विद्यालयमा...

काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा सकियो ९० प्रतिशत काम

  काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत काम सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिङ्गटीबाट छानोको काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदारले नियमितरूपमा काम...

ढोरपाटन शिकार आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण

  बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ । आरक्षणमा नेपाली सेनाको उपस्थिति पछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन । ढोरपाटन शिकार आरक्ष कार्यालयले आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएको छ । कार्यालयले निकालेको वार्षिक...

हनुमन्ते खोला किनारका पक्की संरचनामा चल्यो डोजर, काँग्रेसको आपत्ति

भक्तपुर । सूर्यविनायक नगरपालिकातर्फ रहेको हनुमन्ते खोला किनारामा बनेका अस्थायी तथा पक्की संरचना डोजर लगाएर भत्काएको छ । हनुमन्ते खोला करिडोर निर्माणमा अवरोध पुगेको र करिडोरको मापदण्डभित्र पर्ने संरचना भत्काउन सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरी परिचालन गरी आज यहाँका भौतिक संरचना डोजर...

एमाले स्थायी कमिटीका ११ सदस्यको संयुक्त प्रतिरोधः ओलीको स्वेच्छाचारी निर्णय मानिन्न

काठमाडौं । नेकपा(एमाले)का ११ जना स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य जारी गर्दै ओलीको स्वेच्छाचारी निर्णय नमान्ने घोषणा गरेका छन् । स्थायी कमिटीका ११ सदस्यहरुले केपी ओलीले बालुवाटारमा गुटको भेला गरि जिम्मेवारी खोस्ने र माओवादी नेताहरुलाई जिम्मेवारी दिने काम गरेकाले त्यसलाई अस्विकार गर्ने उद्घोष गरेका हुन् । उनीहरुले ओलीले कम्युनिष्ट...

एमालेमा बसेका माओवादी केन्द्रका सांसदहरुको पद जाने

काठमाडौं । एमालेमै बसेका माओवादी केन्द्रका सांसदहरुको पद जाने भएको छ । नेकपालाई सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रका रुपमा पुनस्थापित गरिदिएपछि एमालेमै बसेका राम बहादुर थापासहितका सांसदहरुको पद जाने भएको हो । एमाले र माओवादी केन्द्र ब्युतिए पनि राम बहादुर थापा, टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह...

चैत ४ र ५ गते माधव नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला, बहुमत एमाले जुटाउने दावी

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । पार्टी अध्यक्ष केपी ओलीले आफु पक्षिय नेताहरुको जिम्मेवारी खोसेर विधान विपरिद पार्टी सञ्चालन गरेपछि बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेका हुन् । दुई दिने भेलामा...