राजनीति
समानान्तर कमिटी बनाउने अभियानलाई तिब्रता दिने माधव नेपाल समुहको निर्णय
काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले पार्टी भित्र समानान्तर संगठन निर्माणको अभियानलाई तिब्र बनाउने निर्णय गरेको छ । आइतबार उपत्यकामा उपलब्ध केन्द्रिय सदस्य र सांसदहरुको बैठकले पार्टी विभाजन नगर्ने र समानान्तर संगठन निर्माणलई तिब्र बनाउने निर्णय गरेको हो । नेपाल समुहले यस अघि नै अखिल नेपाल महिला संघ, युवा...
खोरमा हुर्किँदै गरेकी १५ महिने पुष्पा
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको ‘पुष्पा’ मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन् । पुष्पालाई साढे १४ महिनाअघि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तमासपुर क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । माउसँग बिछोडिएकी दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटी) पुष्पालाई गत वर्षको माघ ३ गते उद्धार गरिँदा...
डोल्पामा सडक खन्ने दुई डोजरमा आगजनी
डोल्पा । ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।...
रातो हाब्रे तस्करी: सोलुखुम्बुबाट थप दुई पक्राउ
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी...
ठेहेगाउँमा भेटिएका दुई बम सेनाद्वारा निष्क्रिय
हुम्ला । सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकोे जिल्ला प्रहरी कार्यालय...
उपत्यकामा दुई हजार बढी चालक कारवाहीमा, घुस दिन खोज्ने दुई जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ । होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ । सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको...
यहाँ खान पाइन्छ ६० रुपैयाँमै मासुभात (ठेगानासहित)
काठमाडौं । राजधानीमै ६० रुपैयाँमा मासुभात खान पाइन्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । ‘खाना सबैलाई’ नामको परोपकारी रेस्टुरेन्ट लक्षित वर्गलाई सस्तोमै पेट भराउने अभियानमा लागेको छ । जहाँ लक्षित वर्ग (श्रमिक, विद्यार्थी, अपांग, असहायलगायत) ले थालको ५० रूपैयाँमा सादा खाना र १० रूपैयाँ...
त्रास बढ्दै कोरोना दोस्रो लहरको, थप ८९ जनामा सङ्क्रमण
काठमाडौं । गत २४ घण्टामा दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ । हाल क्वारेन्टिनमा ५७ जना छन् । त्यसैगरी आइसोलेसनमा एक हजार...
अहिराजले बोलाए प्रदेशसभा अधिवेशन
काठमाडौं । प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौं अधिवेशनको आह्वान गरेका छन् । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।
सार्वजनिक जग्गा मास्न बिचौलिया लागेपछि जुटे युवा, स्थानीय सरकार बेखबर
काठमाडौं । खेतीयोग्य जमीनमा धमाधम प्लटिङ गर्ने र सार्वजनिक जग्गालाई पनि त्यहीँभित्र पारेर मास्न थालेपछि गोकर्णेश्वर नगरपालिका –२ का युवा संरक्षणमा जुटेका छन् । नगरपालिकाको समेत सहयोग लिएर युवाले सार्वजनिक जग्गालाई तारबारले घेर्न थालेका हुन् । युवाले देउवाली चौर संरक्षण समिति गठन गरेर नगरपालिकाको २ नं वडा नयाँपाटीस्थित ढुङ्गेचौरको...