राजनीति

एमालेको केन्दीय सदस्यमा मकवानपुरका चार नेता निर्वाचित

हेटौंडा– चितवनमा सम्पन्न नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । एमालेको हालसम्मको महाधिवेशनबाट मकवानपुरका चार जना एकैपटक केन्द्रीय सदस्यमा निर्वाचित भएको यो पहिलो पटक हो । एमालेको केन्द्रीय सदस्यमा यो पटक मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा अर्थ...

एमाले अध्यक्षमा ओली दोस्रो पटक विजयी

हेटौंडा–  एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् । नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई ४६ मतान्तरले हराएर अध्यक्ष भएका ओली पुनः अध्यक्षमा दोहोरिएका हुन् । मगलबार सकिएको मतदानबाट ओलीले भारी मतसहित भिम रावललाई हराएका छन् । रावल ओलीको सर्वसम्मत अध्यक्ष हुने चाहनाका बाधक...

मकवानपुरगढीमा कांग्रेसलाई धक्का, निर्वाचित वडा सदस्य एकीकृत समाजवादीमा प्रवेश

हेटौंडा– मकवानपुरगढीमा नेपाली कांग्रेसलाई धक्का लागेको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ का जननिर्वाचित वडा सदस्य सानुकान्छा मोक्तानले कांग्रेस परित्याग गर्दै एकीकृत समाजवादी रोजेका हुन् । मोक्तान ७ नम्बर वडाका चर्चित नेता हुन् । कांग्रेसले मुलुकको...

एमाले मकवानपुर महाधिवेशन ऐतिहासिक बनाउन लाग्ने

हेटौंडा । चितवनमा हुने १० औं महाधिवेशनको तयारीको सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटीको बिस्तारीत बैठक बसेको छ । पार्टीका जिल्ला अध्यक्ष बद्री प्रसाद लम्सालको अध्यक्षता एबम स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको बैठक भएको हो । कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य रायमाझीले अझै सम्म पनि एमाले अरु...

बागमतीमा जम्कट्टेललाई आर्थिक मामिला र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मा

हेटौंडा–बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीवार थप दुइजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाएका हुन् । जम्मकट्टेलले आर्थिक मामिला तथा योजना...

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । बागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको...

थाहामा एकीकृत समाजवादी, गोपालीको नेतृत्वमा ६३ सदस्यीय कमिटी निर्माण

हेटौंडा–मकवानपुरको थाहा नगरपालिकामा एकीकृत समाजवादीको पार्टी कमिटी तथा युवाको संगठन निर्माण गरिएको छ । आज बुधबार भएको भेलाले सानुकाजी गोपाली अध्यक्ष र हरिबहादुर स्याङ्तान सचिव रहेको ६३ सदस्यीय पार्टी नगरकमिटी गठन गरेको हो । यस्तै, ५१ सदस्यीय युवा संघ नेपाल थाहा नगरकमिटी पनि गठन गरिएको हो । पार्टी तथा...

बागमतीको तेस्रो मुख्यमन्त्री बने राजेन्द्र पाण्डे

हेटौंडा– बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा राजेन्द्र पाण्डे नियुक्त भएका छन् । मुख्यमन्त्रीमा नियुक्त पाण्डेलाई बिहीवार अपरान्ह प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ खुवाएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख शर्माले नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । एमाले विभाजनसँगै अल्पमतमा परेकी निवर्तमान मुख्यमन्त्री...

बागमतीको तेस्रो मुख्यमन्त्री बन्दै राजेन्द्र पाण्डे, आज साढे ३ बजे शपथ

हेटौंडा– बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै छन्, राजेन्द्र पाण्डे । नेकपा (एकीकृत समाजवादी)का नेता पाण्डेले मुख्यमन्त्रीको शपथ आज अपरान्ह ३ः३० बजे लिने तयारी छ । बागमतीमा यसअघि तत्कालि नेकपाको दुईतिहाई मतसहित हेटौंडाका डोरमणि पौडेल र एमालेको बहुमतबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिसकेका छन् । पौडेले देशको पहिलो मुख्यमन्त्री हुन भने...

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी पेस

हेटौंडा– नेकपा एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र पाण्डेले बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । चार दलीय गठबन्धनको नेतृत्व गर्दै पाण्डेले बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभा बैठकमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेकी थिइन्...