राजनीति
मकवानपुरका अधिकांश एमालेका वडा अध्यक्ष उम्मेदवार सर्बसम्मत
हेटौंडा । मकवानपुरका धेरैजसो वडाहरुमा वडा अध्यक्षका लागि सर्बसम्मत उमेदवारको छनोट गरिएको छ । बैशाख ३० गते हुने चुनाबका लागि नेकपा एमालेले हिजो र आज उमेदवारी छनोट गरेर जिल्ला पार्टी कमिटीलाई सिफारिस गरेको छ । धेरै वडामा एक जना वडा अध्यक्ष र अरु सदस्यहरुको उमेदवार छनोट गरिएको हो ।...
कांग्रेस हेटौंडाको चुनाव केन्द्रित नगर भेला
हेटौंडा– कांग्रेस हेटौंडा नगरको वृहत नगर भेला सोमबार सम्पन्न भएको छ। घर घर जाऔ कांग्रेस जिताऔ अभियान अन्तर्गत आयोजित वृहत हेटौंडा नगर भेलाको आयोजना गरिएको हो। कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा सम्पन्न भेलामा कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली कांग्रेस निवर्तमान केन्द्रीय...
राप्रपा मकवानपुर कमल थापाको पार्टीमा समाहित
हेटौंडा– राजेन्द्र लिङ्देल नेतृत्वको राप्रपा मकवानपुरका अध्यक्ष, उपाध्यक्षसहित बहुमत जिल्ला सदस्यहरु कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालमा समाहित भएका छन् । पार्टीका जिल्ला अध्यक्ष गुरु सापकोटासहित उपाध्यक्षलगायतकाअन्य पदाधिकारी र ४३ सदस्यीय जिल्ला कमिटीमध्ये २२ जना सदस्य, पार्टी निर्वाचन क्षेत्र कमिटीका अध्यक्ष, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र गाउँपालिकाहरुका सबै अध्यक्षसहितको...
मकवानपुरको सबै पालिकामा निर्वाचन अधिकृत तोकियो
हेटौंडा– स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु तोकिएको छ । निर्वाचन आयोगले मकवानपुरको १० वटै स्थानीय तहका लागि निर्वाचन अधिकृतहरु ताकिएको हो । वैशाख ३० गतेमा हुने निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठ रहेका छन् । उनलाई हेटौंडा उपमहानगर तोकिएको...
युवा संघ भीमफेदीमा बादल
हेटौंडा– नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल भीमफेदी गाउँपालिका अध्यक्षमा बादल सिलवाल चयन भएका छन् । भीमफेदीमा भएको भेलाबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समितिमा उपाध्यक्ष सुक्राम थिङ, सचिव भोलाराम शिकारी, उपसचिव पवन खड्का, कोषाध्यक्ष सन्तोष ठाडा मगर रहेका छन् । नेकपा एमाले वाग्मती...
मकवानपुर कांग्रेसमा विवाद, संस्थापनविरुद्ध एकजुट
हेटौंडा– जिल्ला समिति सदस्य मनोनितको विषयलाई लिएर नेपाली कांग्रेस मकवानपुरमा विवाद बढेको छ । गतहप्ता सभापति बुद्ध लामाले पराजितसहित आफूलाई निर्वाचनमा सहयोग गर्ने दश जनालाई जिल्ला सदस्यमा नियुक्त गरेसँगै कांग्रेसभित्र विवाद बढेको हो । शनिबार साँझ हेटौंडाको मेनरोडस्थित होटल लिडो इनमा बसेको संस्थापन इतर समूहको वैठकले जिल्ला सदस्यमा मनोमानी...
हेटौंडामा अनेरास्ववियूको संगठन निर्माण तीव्र
हेटौंडा– नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले हेटौंडामा संगठन निर्माण अभियानलाई तीव्रता दिएको छ । नगरका ११ वटा विद्यालयमा अनेरास्ववियूले विद्यार्थी संगठन गठन गरिसकेको छ । संगठन निर्माणसँगै अनेरास्ववियूले विद्यार्थीहरुलाई प्रशिक्षणपनि दिँदै आएको छ । संगठन निर्माण अभियानअन्तर्गत् आइतबार हेटौंडाको भुटन देवि उच्च माध्यमिक...
बागमती प्रदेशमा इन्जिनियरहरुले सातौं तहमा निजामति सेवा प्रवेश पाउने
हेटौंडा– बागमती प्रदेश सरकारले स्नातक उत्तीर्ण इन्जिनियरहरुलाई निजामति सेवा प्रवेश दिँदा सातौं तह कायम हुने व्यवस्था गरेको छ । यसअघि इन्जिनियरहरुले प्रदेश लोकसेवाबाट जारी विज्ञापनमा छैठौं तहमा आह्वान भएको भन्दै मुख्यमन्त्री राजेन्दप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका थिए । नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिले मुख्यमन्त्रीलाई १० माघमा इन्जिनियरिङ विषयमा उत्तीर्ण...
कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन
हेटौंडा– नेपाली कांग्रेस मकवानपुरकाे सभापतिमा बुद्ध लामा चयन भएका छन् । हेटौंडामा मंगलबार बिहान नेताहरुबीच भएको छलफलबाट लामालाई सभापति बनाउने सहमति जुटेपछि उनी सर्वसम्मत चयन भएका छन् । मंगलबार बिहान हेटाैंडा रिसाेर्टमा करिब एक घण्टा लामो भएकाे नेताहरूकाे छलफलबाट लामालाई सभापति बनाउने सहमति जुटेकाे छलफलमा सहभागी एक नेताले साेधिखाेजीलाई...
एमसीसी बारे मकवानपुरका राजनीतिक दलहरुको धारणा के हो ?
हेटौंडा– अहिले देशमै चर्चामा रहेको र सडकमा विरोध भइरहेको अमेरिकन सरकारको सहयोग परियोजनाका विषयमा मकवानपुरका राजनीतिक दलहरुको धारणाका विषयमा अन्तरक्रिया भएको छ । रेडियो बुलेटिनले अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा मकवानपुरका दलहरुको धारणा बिषयक अन्तरक्रिया कार्यक्रम आज शनिबार गरेको हो । अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य मदनकुमार...