राजनीति
स्वतन्त्र उम्मेदवार योञ्जनले गठबन्धनका रुम्बालाई समर्थन
हेटौंडा– मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार बनेका प्रकाश योन्जनले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै उनले आफु नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको र पार्टीलाई सजग गराउन स्वतन्त्र उम्मेदवार दिएको बताउदैं अब सुर्य बहादुर रुम्बा र उनको टिमलाई...
विद्यालयका प्रधानाध्यापकसहित शिक्षकहरु चुनावी प्रचारप्रसारमा
हेटौंडा– स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सामुदायिक विद्यालयका शिक्षकले आचरसंहिता उल्लंघन गर्न थालेका छन् । सामदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक नै उम्मेदवारको पक्ष विपक्षमा मत माग्न व्यस्त हुन थालेका छन् । हेटौंडा १३ पदमपोखरीका महेन्द्र माविका प्रधानाध्यापक विष्णु श्रेष्ठले एमालेका उम्मेदवारको चुनावी प्रचारमा कस्सिएर लागेका छन् । उनले हेटौंडाबाट...
मकवानपुरगढीको १ नम्बर वडाबासी भन्छन्, ‘विकासे बिदुर हुमागाईंलाई जिताएर पठाउँछौं’
हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको चटारोमा दलहरु छन् । मकवानपुरगढीको सबैभन्दा ठूलो दल नेकपा एमाले घरदैलो अभियानमा सक्रिय भइरहेको छ । गाउँपालिकाको १ नम्बर वडामा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बिदुर हुमागाईं र उपाध्यक्षका उम्मेदवार सन्तु थिङ पाख्रिन, १ नम्बर वडा अध्यक्षका उम्मेदवार गोपाल लुङ्वालगायतले...
मकवानपुरगढी राप्रपाका प्रभावशाली नेता चौलागाईं एमाले प्रवेश
हेटौँडा– मकवानपुरगढीमा गत निर्वाचनमा राप्रपा पार्टीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रही ९ सय ५० मत ल्याएका खिलप्रसाद चौलागाईँ नेकपा एमाले प्रवेश गरेका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको संघारमा राप्रपा मकवानपुरको वरिष्ठ उपाध्यक्ष रहेका चौलागाईं आइतबार हेटौंडामा भएको आमसभामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका...
मकवानपुरमा कांग्रेसभित्रकै आन्तरिक द्वन्द्वले बागी उम्मेदवार
मकवानपुर— बागी उम्मेदवारका कारण नेपाली कांग्रेस मकवानपुरलाई समस्या परेको छ । वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनको टिकट वितरणलाई पारदर्शी बनाउन नसक्दा कांग्रेसका नेताहरुले विभिन्न स्थानमा बागी उम्मेदवार दिएका हुन् । सत्तारुढ गठबन्धनले तोकेकोभन्दा अन्य उम्मेदवारलाई कांग्रेसले बागीको रूपमा चित्रण गरेको छ । मनहरी गाउँपालिकामा कांग्रेस महाधिवेशन...
मकवानपुरगढीमा कांग्रेसबाट स्याङतानको उम्मेदवारी
हेटौंडा– आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट दोर्जे लामा स्याङ्तानले उम्मेदवारी दिएका छन् । सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीमा पुगेर स्याङ्तानले मनोनयन दर्ता गराएका हुन् । स्याङ्तान २०७४ को निर्वाचनमासमेत कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार थिए । उनले एमालेका बिदुर...
मकवानपुरगढीमा ४२ पदको लागि १ सय ४५ जनाले दिए उम्मेदवारी, यी हुन उम्मेदवार
मकवानपुरगढी– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा ६ र उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा विभिन्न राजनीतिक दलबाट ४ र स्वतन्त्रबाट २ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा ३ जना राजनीतिक दलबाट रहेका छन् । मकवानपुुरगढीको अध्यक्षमा एमालेबाट विदुर हुँमागाई, गठबन्धनको कांग्रेस पार्टीबाट दोर्जे लामा स्याङ्तान, राप्रपाबाट विजयी...
हेटौंडा उपमहानगरमा यी हुन् प्रमुख, उपप्रमुखका उम्मेदवार
स्थानीय तह निर्वाचन २०७९ मा हेटौंडा उपमहानगरपालिकामा हिजो आइतबार र आज सोमबार गरी प्रमुख तथा उपप्रमुखमा विभिन्न पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । केन्द्रीय स्तरको गठबन्धनबीचमा भएको सहमती अनुसार उपमहानगरमा प्रमुख पद एकीकृत समाजवादीले प्राप्त गरेको छ । गठबन्धनमा रहेको कांग्रेसले उपप्रमुखमा उम्मेदवारी हालेको छ । एमालेले उप उपप्रमुख...
एमाले मकवानपुरगढी ३ नम्बर वडा निर्वाचन परिचालन कमिटी गठन
हेटौंडा– नेकपा एमाले मकवानपुरगढी ३ नम्बर वडा कमिटीले गाउँपालिका केन्द्रसमेत रहेको तीन नम्बर वडामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । ‘मकवानपुरगढीको आर्थिक समृद्धिको आधार सुशासन र विकासको लागि नेकपा एमालेको सरकार’ भन्ने नारासहित निर्वाचनमा होमिएको एमालेले शनिवार राजु सापकोटाको संयोजकत्वमा १ सय १९ सदस्यीय तीन नम्बर वडा निर्वाचन...
मकवानपुरको सबै पालिकामा खोलियो निर्वाचन अधिकृतको कार्यालय
हेटौंडा– आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।मकवानपुरका सबै पालिका सहित बिहीवार देशभर एकैपटक कार्यालय स्थापना गरेको छ । मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा हेटौंडा उपमहानगरपालिकामा कार्यालय स्थापना गरिएको...