राजनीति
मकवानपुरमा ६ पदका लागि ६९ जनाको उम्मेदवारी
हेटौंडा– मकवानपुरको दुई वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रमा गरी कुल ६९ जनाको उम्मेदवारी परेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २३ असोज आइतबार मनोनयन दर्ताको समय थियो । हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलदेखि स्वतन्त्रहरुले...
मकवानपुरमा कुनैपनि उम्मेदवारविरुद्ध उजुरी परेन
हेटौंडा– मकवानपुरमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका कुनैपनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन् । कुनैपनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतरबार दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि राजनीतिक दल र स्वतन्त्रका तर्फबाट...
यी हुन् मकवानपुरमा गठबन्धनका उम्मेदवार
हेटौंडा– मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुरमा गठबन्धनबाट कांग्रेस र नेकपा एकिकृत समाजवादीले प्रतिनीधिसभामा उम्मेदवारी दिएको छ । गठबन्धनको केन्द्रिय सहमती अनसार मकवानपुरको दुईवटा प्रतिनीधिसभा निर्वाचन क्षेत्रमा कांग्रेस र समाजवादीले उम्मेदवारी दिएको हो । मकवानपुर–१ बाट प्रतिनीधिसभा सदस्यमा नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ९डीना० र क्षेत्र नम्वर २...
मकवानपुरबाट प्रतिनिधिसभामा एकमात्रै महिला उम्मेदवार डीनाले रच्लिन् ईतिहास ?
हेटौंडा– मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सो निर्वाचनको लागि आइतबार उम्मेदवारी दर्ता कार्य भइसकेको छ ।मकवानपुरमा दुईवटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर–१ मा १६ जनाको मनोनयन परेको छ । त्यसैगरी प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर...
जनतासँग सरोकार राख्ने कानुन नबनाई सकियो प्रदेशसभाको कार्यकाल
हेटौंडा– बागमती प्रदेशसभाको पहिलो कार्यकाल सकिएको छ ।देश संघीयतामा गएपछि पहिलोपटक बनेको प्रदेशसभाको पाँच वर्षे कार्यकाल असोज १ सकिएको हो । नेपालको ईतिहासमा पहिलो पटक बनेको प्रदेशसभाको सदस्यहरु प्रदेशसभाबाट बिदा भइसकेका छन् । नेपालको संविधान २०७२ कार्यान्वयनमा प्रदेशले महत्वपूर्ण भूमिका खेलेको भएपनि आफ्नो पहिलो कार्यकालमा खासै उपलब्धिमुलक काम गर्न...
नागरिकता कागजको खोस्टा हैनः कमल थापा
हेटौँडा– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलीपल्टै दिन नागरिकता कागजको खोस्टा नभएको प्रतिक्रिया दिएका छन् । नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका हुन् । निर्वाचन केन्द्रीत कार्यक्रममा गृहजिल्ला मकवानपुरमा व्यस्त रहेका थापाले बकैया गाउँ...
हेटौंडामा मनाइयो संविधान दिवसः प्रदेश प्रमुख र मुख्यमन्त्रीले के भने ?
हेटौंडा– बागमती प्रदेशको मुकाम हेटौंडामा मंगलबार संविधान दिवस मनाइएको छ । ७ औं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी र औपचारिक कार्यक्रम गरिएको छ । हेटौंडाको भुटनदेवी माध्यामिक विद्यालयबाट सुरु प्रभातफेरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर कार्यक्रममा परिणत भएको थियो । पञ्चेबाजा, झाँकीसहित प्रभातफेरी गरिएको हो ।...
निर्वाचनमा हार्न छुट नपाएकाहरु
हेटौंडा– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ६२ दिन बाँकी छ । यसबीचमा निर्वाचनमा सबै तयारी अघि बढिरहेका छन् । निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लागिसकेको छैन् । तर, टिकट पाउने निश्चित भइसकेकाहरु निर्वाचन क्षेत्रमा खटिँदै छन् । मकवानपुरबाट क्षेत्र नम्बर १ मा निर्वाचन लड्ने तयारी...
कानुन पनि मान्दैनन् मकवानपुरका जनप्रतिनिधि
हेटौंडा– गत ३० वैशाख २०७९ मा भएको स्थानीय तह सदस्य निर्वाचनबाट विजयी भएपछि खुशीले ‘भूँईमा खुट्टासमेत नटेकी’ दौडिएका जनप्रतिनिधिहरु कानुनलाई टेर्दैनन् । चुनाव जितेपछि महिनौंसम्म अबिर, खादा र माला जात्रामा रमाएका जनप्रतिनिधिहरुले आफ्नो पहिलो कानुनीय कर्तव्यसमेत पूरा नगरेको पाइएको छ । देशमा निर्वाचन गराउने एउटा छुट्टै संवैधानिक अधिकारप्राप्त निकाय...
मेयर लामा भन्छिन्, ‘चुनावमा कसैको पैसा लिइनँ, खर्च पनि मागिनँ’
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाकी मेयर आइतबार साँझदेखि चर्चामा आएकी छन् । काठमाडौंमा भएको एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण लामाको चर्चा चुलिएको छ । आइतबार अपरान्ह कान्तिपुर मिडिया ग्रुपद्वारा काठमाडौंमा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको ‘नेतृत्वमा महिला अब पहिला’ कार्यक्रममा हेटौंडाकी मेयर लामासहित, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, झापाको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष...